४० रुपैयाँमा ८० किलोमिटर गुड्न सक्ने ओडिसी अटोमोटिभका उत्पादन नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरिएको छ । नेपालका लागि ब्राण्ड इगो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।
भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए । नेपालका लागि ब्राण्ड इगो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि बाण्ड इगो अटोमोटिभको ब्राण्डमा आधिकारीक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
उक्त सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इगो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले जानकारी दिए । ब्राण्ड इगो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँ बराबरको ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए ।
यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् ।
फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा पर्नेमा विश्वस्त रहेको उनले बताए । यी मोटरसाइकल तथा स्कुट पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पाट्र्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिए ।