फोर्स गुर्खा नेपाली बजारमा विक्री वितरण शुरु, कति पर्छ मूल्य ? « Arthapath.com
२३ असार २०८२, सोमबार

फोर्स गुर्खा नेपाली बजारमा विक्री वितरण शुरु, कति पर्छ मूल्य ?



काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी गुर्खा नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ। ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ।

लामो र चौडा वनावट भएको गुर्खा को क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।

मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो, जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७ सय मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ ।

अटो मिडिया यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए ।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ । साथै ग्राहकहरुले चार पटक सम्म निशुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ ।

शक्ति, क्षमता एवम स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त र आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।

यस गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ग्राउण्ड क्लेरेन्स २०५ एमएम रहेको छ । निकै आकर्षक देखिने यस कारको विभिन्न ५ वटा रङगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । भारतमा निर्मित यस कारले प्रतिलिटर १२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्