नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधन प्रयोग गर्न कुलमान घिसिङको आग्रह « Arthapath.com
२३ असार २०८२, सोमबार

नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधन प्रयोग गर्न कुलमान घिसिङको आग्रह



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोग गर्न आग्रह गरेका छन् । इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित सोरुममा उद्घाटन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए ।

इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरिएको हो । नेपालका लागि ब्राण्ड इगो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए ।

मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इगो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले जानकारी गराए । ब्राण्ड इगो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए ।


प्रतिक्रिया दिनुहोस्