बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किमक अवतरण किन गरियो ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किमक अवतरण किन गरियो ?



काठमाडौं । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किमक अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो ।

बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । यात्रुलाई समस्या देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको थियो ।

विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्