सिमेक्सले दक्षिण एशियामा एकल सबैभन्दा ठूलो मात्रामा बीवाईडी ई–सिक्स गाडीहरु प्रदान

काठमाडौं । विद्युतीय गाडी बीवाईडीले नेपालमा पहिलोपटक ‘सेल्फ ड्राइभ’को अवधारणा ल्याएको छ । बीवाईडी गाडीको नेपालको आधिकारिक वितरक सिमेक्स ईन्क प्रालीले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राईभ प्रालीलाई ५० वटा ई–सिक्स विद्युतीय गाडीहरु बिक्रि गरेको सिमेक्स ईन्क. प्रालीका सिईओ शाहिल श्रेष्ठले बताए ।
सिमेक्सले फ्लिट अपरेशनको लागि दक्षिण एशियामा एकल सबैभन्दा ठूलो मात्रामा विद्युतीय गाडीहरु प्रदान गरेको हो । उनले काठमाडौंमा वातावरणमा प्रदुषण बढिरहेको अवस्था उल्लेख गर्दै बीवाईडीका विद्युतीय गाडीको प्रयोगले प्रदुषणरहित वातावरण निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने छ । बजारमा ल्याइएका दुई गाडीमध्ये एक पटक फुल चार्ज गरे एउटाले ५२२ र अर्कोले ४०० किलोमिटर गुड्नसक्ने छन् ।
बीवाईडीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको छ । श्रेष्ठले स्पार्क अटो केयर रहेको स्थानमा नै बीवाईडीको स्टेट अफ आर्ट सर्भिस एण्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याउने जनाए ।
उनले यी गाडीहरुमा बीवाईडी आँफैले उत्पादन गर्ने बीवाईडी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेको र जसमा रिप्लेसमेन्ट ग्यारेन्टी ८ वर्षको हुने जनाए । उनले भने,‘त्यसपछि पनि ब्याट्री क्यापेसिटी ६० प्रतिशत रहन्छ ।’ ‘गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा ६ देखि सात घण्टा लाग्छ,’–सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले भने । पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बीवाईडि का विद्युतीय गाडीहरु प्रिमियम रेञ्जमा ल्याइएको स्पार्क अटो केयरले बताए ।
नेपालमा रहेका अन्य विद्युतीय गाडीको तुलनामा सबै हिसाबमा बीवाईडिका गाडी उत्तम रहेको सेल्फ ड्राईभका सिईओ पोखरेल बताए । ‘क्लियरेन्स र कम्फरटेवलको हिसाबले यी गाडीहरु अझ राम्रा र उत्कृष्ट छन्, अहिले नेपालमा रहेका विद्युतीय गाडीको सेग्मेन्टमा सबैभन्दा राम्रो छ,’–पोखरेलले भने ।
कम्पनीका अनुसार नेपालमा यो नयाँ प्रयोग हो । ‘हाम्रो गाडी तपाईँको आवश्यकता अनुसार रेन्टमा लिन सक्नुहुन्छ’, उनले भने । तत्काल ५० वटा गाडी बजारमा ल्याएको कम्पनीले विस्तारै सेवा बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले आम जनताको लागि एप्लिकेशन र अनलाईनको माध्यमबाट सम्र्पक गर्न सकिने पनि जनाएको छ । यस्तै, सन् २०२५ सम्म काठमाडौंमा शतप्रतिशत विद्युती गाडीको प्रयोग देख्न सकिने अवस्थामा पुर्याउने पनि कम्पनीले लक्ष्य राखेको छ ।

सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले बी.वाई.डीको ई–६ मोडेलको कारले यात्रुहरुको लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘बीवाईडीको ई–६ ले सबै मापदण्ड पूरा गर्नेछ, यो छिटो चार्ज हुन्छ । आरामदायी पनि छ ।’
बिवाईडी ई–६ सन् २०१६ मा चीनमा सबैभन्दा बढि विक्रि भएको र सन् २०१५ मा हभाना ईन्टरनेश्नल फेयरमा ‘बेष्ट क्वालिटी प्रोडक्ट’ को गोल्डेन मेडल प्राप्त गर्न सफल गाडी हो ।