वाई सिरिजअन्तर्गत–वाई५५ सार्वजनिक गर्ने तयारीमा भिभो « Arthapath.com
६ असार २०७९, सोमबार

वाई सिरिजअन्तर्गत–वाई५५ सार्वजनिक गर्ने तयारीमा भिभो



काडमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ यहीँ ११ असार गते सार्वजनिक हुने घोषणा गरेको छ । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण हो । वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।

वाई५५ मा ५०००एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुन् सक्छ ।

शक्तिशाली पर्फमेन्शका लागि वाई५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउनेछ ।

यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन ।


प्रतिक्रिया दिनुहोस्