असोज ६ गतेदेखि ‘इभि एक्स्पो २०२२’ आयोजना गर्दै नाडा, ४० हजार बढीले अवलोकन गर्ने « Arthapath.com
२५ असार २०८२, बुधबार

असोज ६ गतेदेखि ‘इभि एक्स्पो २०२२’ आयोजना गर्दै नाडा, ४० हजार बढीले अवलोकन गर्ने



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडाले आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म इभि एक्स्पो गर्ने भएको हो ।

सिएटद्धारा प्रायोजित उक्त मेलामा नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुन लागेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले विश्वभर नै विद्युती सवारीमा बढ्दो आकर्षण रहेको बताए । मान्छेहरुको इभिप्रतिको अभिरुचि अनुसार पनि उक्त एक्स्पो आयोजना गरिएको थापाले बताए । उनले नेपालमा ईभीको माग बढिरहेको तर, मागअनुसार सप्लाइ गर्न नसकिएको बताएका छन् । उनले भने,-‘हाल नेपालमा कुल सवारीसाधन आयातमा ईभीको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ, अबको ९/१० वर्षमा यो हिस्सा ५० प्रतिशत पुग्छ ।’

एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ भने युसेड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको संचालन गर्ने भएको छ ।

साथै एक्स्पोको शिर्ष प्रायोजनक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । त्यस्तै, डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजैदेखि प्रिबुकिङ खुला गरेको बताइएको छ ।

नाडाका अनुसार खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ । अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्धारा २५ प्रतिशत क्यासब्याकको समेत अफर रहेको छ ।

चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजक टिमको प्रक्षेपण रहेको छ ।


प्रतिक्रिया दिनुहोस्