५ वर्षमै नेपालमा विद्युतीय सवारीको हिस्सा ५० प्रतिशत पुग्छ : नाडा अध्यक्ष थापा « Arthapath.com
२५ असार २०८२, बुधबार

५ वर्षमै नेपालमा विद्युतीय सवारीको हिस्सा ५० प्रतिशत पुग्छ : नाडा अध्यक्ष थापा



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नेपालमा विद्युतीय सवारीको आकर्षण बढेको बताएका छन् ।

‘नाडा इभि एक्स्पो २०२२’ को पूर्वसन्ध्या गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । सो अवसरमा उनले नेपालमा विद्युतीय सवारी साधनको माग बढी रहेको तर, मागअनुसार सप्लाइ गर्न नसेको बताएका छन् ।

नाडाले आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म इभि एक्स्पो गर्ने भएको हो । मान्छेहरुको इभिप्रतिको अभिरुचि अनुसार पनि उक्त एक्स्पो आयोजना गरिएको अध्यक्ष थापाको भनाई छ ।

उनले भने,- ‘हाल नेपालमा कुल सवारीसाधन आयातमा ईभीको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ, अबको ५/६ वर्षमा यो हिस्सा ५० प्रतिशत पुग्छ ।’

सिएटद्धारा प्रायोजित उक्त मेलामा नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुन लागेको हो ।

५१ वटा स्टल रहने एक्स्पोमा ईभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरू प्रदर्शनीमा राखिने नाडाले जनाएको छ ।

सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताइएको छ । एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदरलगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी दिनेछन् ।

चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजक टिमको प्रक्षेपण रहेको छ । एक्स्पोमा प्रवेश गर्दा विद्यार्थीका लागि टिकट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्