२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर अब नेपाली बजारमा, कति पर्छ मूल्य ? यस्ता छन् फिचर « Arthapath.com
२५ असार २०८२, बुधबार

२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर अब नेपाली बजारमा, कति पर्छ मूल्य ? यस्ता छन् फिचर



काठमाडौं । जिओ अटोमोबाईल्स् प्रालिले २०२२ संस्करणको २.० लि. सिंगल टर्वो र बीआई टर्वोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ ।

फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक हो । यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा स्ँसारभर ख्याति कमाएको छ ।

नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा–अनरोड र अफ रोड एक आनन्ददायी सवार प्रदान गर्नेमा कम्पनी विश्वस्त छ ।यसको अविश्वसनीय अफ–रोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिनका कारण यो पिकअप हरेकको रोजाईमा पर्ने विश्वास लिईएको छ ।

ट्रान्समिसन : ६ र १० एटी स्पीड ट्रान्समिसन

नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो ।

यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ ।

यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् जसले गर्दा टोईङ्ग वा भारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुमति दिन्छ ।

यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ ।

अटो ट्रान्समिसन गियर शिफ्ट र इलेक्ट्रिक पार्किंग ब्रेक

रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ जसमा पि, आर, एन, डी गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन्, जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन् ।

ईलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा उत्कृष्ट फिचर हो ।

सेलेक्टेबल ड्राइभ मोडहरू

नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टो/हौल र स्लिपरी, मड/रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एबीएस र थप सबै कुरामा समायोजन गर्दछ ।

न्यु सिंक डिस्प्ले र बटन लेआउट

नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ । तपाईले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक ए.सि. छनौट गर्न सक्नुहुनेछ ।

एउटा डायल थिची तपमान र ब्लोअर गति नियन्त्रण गर्न सकिन्छ ताकी गाडी चलाउँदै गर्दा आफ्नो ध्यान बाटोमा नै राख्न सकोस् । यसको सरल लेआउटले अन्य फिचरहरु पनि सजिलै चलाउन सकिन्छ ।

वाटर वेडिंग

नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ ।

नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडी दुबै तर्फ कठोर रुपमा परीक्षण गरेको हुन्छ ।

अन्डरबडी प्रोटेक्सन

अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ ।

नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाईन्छ ।

प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ । ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ ।

यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ ।

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि आकर्षक परिचयात्मक मूल्य एक्सएल मोडेलको लागि १ करोड ५ लाख ९० हजार रुपैयाँ, एक्सएलटी १ करोड १९ लाख ९० हजार रुपैयाँ र वील्डट्रयाकका १ करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्