दशैं-तिहारमा कुन गाडी किन्दा कस्तो सुविधा ? गाडी बेच्न यस्ता छन् कम्पनीहरुको अफरै अफर

काठमाडौं । विभिन्न कम्पनीहरुले गाडी बेच्नका लागि विभिन्न अफर ल्याएका छन् । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा गाडी कम्पनीहरुले निकै छुट अफर ल्याएका हुन् ।
अफरले नयाँ गाडी खरिद गर्न चाहनेहरुलाई धेरै नै आकर्षिक गर्ने गरेको पाईन्छ । जसका कारण कम्पनीहरुले हरेक वर्षको दशै तिहार विशेष अफरहरु ल्याउने गरेको छन् । दशैं तिहारजस्ता ठूला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो ।
गाडी कम्पनीहरुले चाडवाडको समयमा नगद छुट, बीमाको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सहज रुपमा सस्तो किस्दा बन्दी लगायतका योजना धमाधम ल्याईरहेका छन् । कतिपय कम्पनीहरुले त नयाँ गाडी खरिदमा १ वर्षसम्मको निःशुल्क पेट्रोल उपलब्ध लगायतका योजनाले अघि सारेका छन् ।
आइएमई मोटर्स :
अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व हर्षको वहार’ अफर ल्याएको छ ।
सो अफरअन्तर्गत यो व्राण्डको सिंक्स वस र क्याप्टने ट्रिप्पर खरिद गर्दा ग्राहकले इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाउनेछन् ।
साथै ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्ता बन्दीमा भुक्तानी गर्नेगरी ट्रिप्पर खरिद सकिने छ ।
भारतको दोस्रो ठूलो कमर्सियल भेहिकल निर्माता अशोक लेल्याण्डको नेपाली बजारमा मिनीपिकअप दोस्तदेखी, लाइट कमर्सियल भेहिकल, हेभी ड्यूटी ट्रक, विभिन्न मोडलका ट्रिप्पर, प्यासेन्जर र स्कुल वस लगायत सावरीसाधन उपलब्ध रहँदै आएका छन् ।
कमर्सियल भेहिकलमा विभिन्न रेन्जका सवारीसाधन आयत गरी कारोवार गर्दै आइरहेको आइएमईले वस र ट्रिप्परमामात्र यो अफर लागु गराएको हो ।
अफरमा ग्राहकले राफ्ट व्रान्डको इलेक्ट्रिक स्कुटर, २४ क्यारेट सुन र एक जनालााई युरोप टुरको प्याकेजमध्ये एक छानेर लिन सक्नेछन् । अफर सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।
सिजी मोटर्स :
सिजी मोटर्सले चाडपर्व विशेष अफर ल्याएको छ । इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित फेस्टिवल अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको स्किम प्राप्त गर्न सक्नेछन् भने बम्परमा तीनजना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार पाउन सक्नेछन् ।
चिनियाँ इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी बाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यो कार नेपाली बजारमा ३८ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । १ लाख ४० हजार रुपैयाँ बराबरको स्किममा कम्पनीले ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत उपलब्ध गराउने बताएको छ ।
यसैगरी ३ जना भाग्यसाली विजेताले उपहारमा सिजी ब्रान्डको ७५ इन्चको स्मार्ट टिभी, एक जोडीलाई मेघौली सेराई रिसोर्टमा हालिडे प्याकेज र सिजी ब्रान्डकै रेफ्रिजिरेटर जीत्न सक्नेछन् । यो अफर सिमति अवधीका लागी लागु गरिएको कम्पनीले बताएको छ ।
टाटा मोटर्स :
टाटा मोटर्सले दशैं तिहार लक्षित “दशैँमा द–सही अफर ल्याएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यस वर्षको दशैंलाई थप उत्साहजनक बनाउन “दशैँमा द–सही अफर”ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नुहुनेछ । आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले जनाएको छ ।
साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन् । सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार, “हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७० प्रतिशत सम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन् ।
जिडब्लूएम गाडी
ग्रेट वाल मोटर (जिडब्लूएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि जी ईम्पेक्स प्रा लिले आकर्षक छुट प्रदान गर्न विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।
दशैँ, तिहार र छठको अवसर पारी जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ उपलब्ध गराउने भएको हो । यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ ।
कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।
कम्पनीका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेज, एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।
साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् ।
ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।
आकर्षक नगद छुट एक वर्षको कम्प्रिहेन्सिभ बीमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा आर्थिक वर्ष ७८÷७९ को रोड ट्याक्स फ्री लोएल्टी बोनस फ्रि एसेसोरिज ५ वर्ष वारेन्टी ३ वर्ष फ्री सर्भिसस्पट भ्यालुएसन एण्ड एक्सेन्ज तथा अन्य धेरै अफरहरु पाउनेछन् ।
रेनो गाडी
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना ल्याएको छ ।
योजना अन्तर्गत रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् ।
यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।
नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।
अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् ।
बजाज नेपाल
बजाज नेपालले “यसपालीको चाड, उपहार संगै स्वरोजगार“अपर ल्याएको छ ।
बजाज थ्री ह्वीलर्स, आरई बिएस ६ र बजाज माक्सिमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लिले दशैं, तिहार र छठ अभियान सुरु गरेको हो ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको छ । यो अभियानमा बजाज माक्सिमा सी वा आरई बिएस ६ को खरिदमा ३२ इन्चको हिम्स्टार एल इ डि स्मार्ट टिभि वा सामसङ एफ्२२ स्मार्ट फोन पाउन सकिने छ ।
उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका निर्देशक अभिमन्यु गोल्छले बताए ।
उनका अनुसार अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज माक्सिमा सी वा आरई बिएस ६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ । यो अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।