दशैंमा नयाँ सवारी साधन किन्दै हुनुहुन्छ ? यस्तो छ बैंकहरुको सवारी कर्जाको ब्याज

काठमाडौं । नेपालीहरुको माहान चाड दशैं नजिकिँदै छ । दशैंमा प्रायः नेपालीले नयाँ सवारी जोड्ने गर्छन । अटो व्यावसायीले पनि दशैंको लागी भनेर विषेश छुट अफर ल्याउने गरेका छन् ।
बजारमा तरलता अभावका कारण बैंकहरुको सवारी कर्जाको व्याजदर बढेको छ । अझ सरकारले प्राइभेट भेइकल आयातमा गत चैत्र देखीनै प्रतिवन्ध लगाएका कारण बजारमा प्रयाप्त फिउलबाट चल्ने सवारी साधन छैन । सरकारले इलेक्ट्रिक सवारी आयातमा भने प्रतिवन्ध लगाएको छैन । बजारमा इलेक्ट्रिक गाडी भएपनि फिउलबाट चल्ने सवारीको केही मात्रामा अभाव देखिन्छ ।
बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बैंकहरुले भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकहरुले गाडी खरिदका लागि पनि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बैंकहरुको नयाँ ब्याजदर अनुसार अधिकांशको सवारी कर्जा पहिलेकै दरलाई निरन्तरता दिएका छन् ।
बैंकहरुले प्रतिवर्ष १५ प्रतिशतसम्मको सवारी कर्जा दिने भएका छन् । कर्जाको अवधिमा भने ५ देखि १० वर्ष माथि रहेको छ । बैंकले गाडी खरिद गर्नेलाई सस्तो ब्याजदरमा कर्जा दिन विभिन्न स्किम समेत ल्याउने गरेको छ ।
बैंकहरुले स्थिर हुने र परिवर्तन हुने सवारी कर्जा दिएका छन् भने निजी र कमर्सियल सवारी खरिदमा पनि छुट्टाछुट्टै ब्याजदर लिने गरेको पाइन्छ ।
अधिकांश बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याजदर तोकेका छन् । यता, स्थिर ब्याजदरमा भने निश्चित प्रतिशत नै ब्याजदर तोकिएको छ ।
कुन बैंकको सवारी कर्जाको ब्याजदर कति ?
राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले असोज महिनका लागि नयाँ ब्याजदर सार्वजकि गरेको छ । नयाँ ब्याजदर गाडी खरिदमा १३ प्रतिशत ब्याजमा कर्जा पाईने छ । जसको अवधि ७ वर्षको हुनेछ । यो व्यक्तिगत तर्फको हो । बैंकले संस्थागत तर्फ भने ५ देखि १० वर्ष अवधिको गाडी कर्जामा ११.५० प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको कर्जामा १२ प्रतिशत ब्याज लिनेछ ।
नेपाल बैंक :
नेपाल बैंकले पनि असोज महिनाका लागि अटो लोनका लागि ब्याजदर निर्धारण गरेको छ । बैंकले गाडी किन्दा १२.५० प्रतिशतदेखि १३.५० प्रतिशतसम्म ब्याज लिने छ । बैंकले व्यक्ति गत सवारी कर्जामा ५ वर्ष अवधिको ३ देखि ४.५० प्रतिशत ब्याजदर तोकेको छ । यसमा बैंकको आधादर दर थपिने छ । गत असार मसान्तसम्ममा बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ ।
कृषि विकास बैंक :
कृषि विकास बैंकले अटो लोनका लागि ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि सवारी कर्जा लिँदा लाग्ने ब्याजर तोकेको हो । बैंकबाट अटो लोन लिँदा ९.४५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । जस अन्तर्गत आधारदरमा २ प्रतिशत प्रिमियम लाग्ने छ । गत असार मसान्तसम्ममा बैंकको आधार दर ८.९० प्रतिशत रहेको छ ।
एनसीसी बैंक :
नेपाल क्रेडिड एण्ड कमर्स (एनसीसी) बैंकले असोज महिनाका लागि सवारी कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको छ । नयाँ ब्याजदर अनुसार एनसीसी सवारी कर्जामा प्रिमियमा ५ प्रतिशत ब्याजदर तोकेको छ । यसमा बैंकको आधारदर पनि जोडिने छ । बैंकको आधार दर ९.३५ प्रतिशत रहेको छ ।
एनएमबि बैंक :
एनएमबि बैंकले प्रियिममा ६ प्रतिशतमा अटो लोन प्रदान गर्ने भएको छ । यसमा बैंकको आधारदर पनि जोडिने छ । बैंकका अनुसार इलेक्टिक सवारी कमर्सियल र प्राइभेट तर्फ आधार दरमा ६ प्रतिशत प्रिमियम थपिने छ। बैंकको आधार दर ९.९७ प्रतिशत रहेको छ ।
कुमारी बैंक :
कुमारी बैंकले नयाँ ब्याजर प्रकाशित गरेको छ । बैंकले भोलिदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर प्रकाशित गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकबाट सवारी कर्जा लिँदा ३ देखि ६.५० प्रतिशतसम्म प्रिमियम थपिनेछ । यसमा बैंकको आधारदर पनि जोडिने छ। हाल बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ ।
प्रभु बैंक :
प्रभु बैंकले सवारी खरिदका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले असोज महिनाका लािग नयाँ सवारी कर्जाको ब्याजदर तोकेको हो । नयाँ ब्याजदर अनुसार सवारी खरिदमा बैंकले १३.५० प्रतिशतदेखि १४.५० प्रतिशत ब्याजदर तोकेको हो । बैंकले ५ वर्षसम्मकोका लागि १३.५० प्रतिशत र ५ वर्षमाथिको सवारी कर्जामा १४.५० प्रतिशत ब्याजर तोकेको छ । बैंकको आधारदर १०.१३ प्रतिशत रहेको छ ।
सिभिल बैंक :
सिभिल बैंकले प्राइभेट सवारी कर्जामा ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कमर्सियल तथा हायर पर्जेटज कर्जामा ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसमा भने बैंकको आधारदर जोडिने बैंकले जनाएको छ । बैंकका अनुसार ७ वर्षभन्दा माथिको सवारी कर्जामा आधार दरको ६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ ।
प्राइम कमर्सियल बैंक :
प्राइम बैंकले असोज महिनाका लागि सवारी कर्जामा नयाँ ब्याजदर तोकेको छ । बैंकले विभन्न अवधिको कर्जामा ६.९९ प्रतिशत ब्याज तोकेको छ । यसमा बैंकको आधारदर थपिनेछ । बैंकको गत आवको असार मसान्तसम्मका आधारदर ९.९९ प्रतिशत रहेको छ ।
सेञ्चुरी कमर्सियल बैंक :
सेञ्चुरी कमर्सियल बैंकले आगामी असोज महिनका लागि नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार सवारी कर्जामा पनि फरक फरक ब्याज तोकेको छ । सवारी कर्जामा ६ प्रतिशत प्रिमियम थपिने छ । यसमा बैंको आधारदर पनि जोडिने छ । बैंकले १४.९९ प्रतिशतदेखि १५.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको आधारदर १०.१३ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकको नयाँ ब्याजदर अनुसार अटो लोन लिँदा १३.५० प्रतिशत र १४ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकले ५ वर्षे अवधिको अटो लोन लिँदा १३.५० प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि १४.५० प्रतिशत ब्याज दिनुपर्नेछ ।
लक्ष्मी बैंक :
लक्ष्मी बैंकले असोज महिनाका लागि सवारी कर्जामा नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकबाट सवारी कर्जा लिदाँ प्रिमियममा ६ प्रतिशत ब्याज तिर्नुपर्नेछ । यसमा आधारदर पनि जोडिने बैंकले जनाएको छ । बैंकले अनुसार साउन महिनमा बैंकको आधादर १०.०२ प्रतिशत रहेको छ । अटो लोन १५ वर्ष अवधिमा १३.९९ प्रतिशतदेखि १५.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक :
नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकबाट सवारी खरिदमा ७ प्रतिशत प्रिमियममा ब्याजदर तिर्नुपर्नेछ । जसमा बैंकको आधार दर समेत जोडिने छ । हाल बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ ।
सानिमा बैंक :
सानिमा बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याज प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार सवारी कर्जाका लागि १४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले ५ वर्ष अवधिका लागि १३.५० प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि १४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर प्रकाशित गरेको हो । बैंकबाट सवारी कर्जा लिदाँ अधिकतमा १५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । बैंकले ५ वर्षको अवधिको सवारी कर्जामा १३ प्रतिशत र ५ देखि १० वर्षकोमा १४ प्रतिशत र १० वर्षभन्दा बढी अवधिकोमा १५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले प्रिमियममा ७ प्रतिशत थपिने जनाएको छ । जसमा आधादर दर पनि जोडिनेछ ।
बैंक अफ काठमाण्डू :
बैंकले अफ काठमाडूबाट सवारी कर्जा लिँदा प्रिमियममा ८ प्रतिशत ब्याज लाग्नेछ । बैंकका अनुसार यसमा आधारदर पनि जोडिने छ । हाल बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक :
स्ट्यान्डर्ड चार्टर्ड बैंकले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकबाट अटो सवारी कर्जामा १३.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
सनराइज बैंक :
सनराइज बैंकले असोज महिनाका लागि विभिन्न खाताहरुमा नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैैंकबाट सवारी कर्जा लिँदा १३ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
मेगा बैंक :
मेगा बैंकले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकको नयाँ ब्याजदर अनुसार सवारी कर्जामा प्रिमियममा ७ प्रतिशत थपिनेछ। बैंकको आधादर दर १०.१९ प्रतिशत रहेको छ ।
नेपाल एसबिआई बैंक :
नेपाल एसबिआई बैंकले पनि असोज महिनामा आधार दरमा थप ६ प्रतिशत प्रिमियम ब्याजमा सवारी कर्जा दिनेछ । यस बैंकको आधार दरमा पनि जोडिनेछ । बैंकको आधार दर १० प्रतिशत रहेको छ ।