लक्ष्मी कमर्शियल मार्फत इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

लक्ष्मी कमर्शियल मार्फत इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प सुरु



काठमाडौं । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकको टु हिव्लर स्कुटर र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक वितरक कार्य सुरु गरेकको छ । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो ।

यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा परेको छ ।

लक्ष्मी कमर्शियल भेहिकलस प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरु मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिदै आएको छ ।

यसै क्रममा आफ्ना ग्राहकहरुलाई थप सुविधा दिनको लागि एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प काठमाण्डौको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दैछ । यो सर्भिस क्याम्प यहि फाल्गुन २९ गते देखि चैत्र ४ गते सम्म जम्मा ६ दिन सम्म सञ्चालन हुने छ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुलाई सेवा तथा सुविधा दिने भएके छ । अगाडि बम्पर देखि पछाडि बम्पर सम्म गाडीका सबै पार्टपुर्जाको १००% फ्रि चेकजाँच गर्नेछ ।

सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १०० प्रतिशत छुट दिने छ ।

बिशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशत सम्मको छुट हुने छ ।
1. लुब्रिकेन्टहरुमा १५प्रतिशतको छुट उपलब्ध हुनेछ ।
2. स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्मको छुट सुविधा रहेको छ ।
साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु पनि दिने व्यवस्था रहेको छ ।

सर्भिस क्याम्प कै अवधिमा कम्पनीले चालकहरुको लागि बिशेष किसिमको तालिमको पनि ब्यवस्था गरेको छ । गाडीमा भएको परिवर्तन र सञ्चालन विधि सम्बन्धी तालिम सञ्चालन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्