वल्ड टुरिजम डे को अवसरमा रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड’ आयोजना « Arthapath.com
१३ आश्विन २०८०, शनिबार

वल्ड टुरिजम डे को अवसरमा रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड’ आयोजना



काठमाडौं । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डे को अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरेको छ ।

शनिबार आयोजना गरिएको कार्यक्रममा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जागरूकता, व्यवस्थित सवारी संस्कृति प्रवर्द्धन र हेरिटेज साइट को प्रवर्द्धन गर्नु रहेको छ ।

आश्विन १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर कंलकी स्वयम्भु भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो । बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरियको थियो ।


प्रतिक्रिया दिनुहोस्