नाडा अध्यक्षमा चौधरी कि गोल्छा ? अबको एक घण्टामै लाग्दैछ सहमतिबाट टुंगो

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्व सहमतिबाट टुंगिने भएको छ । नाडाले आगामी कार्यकालका लागि सहमतिबाटै अध्यक्ष पाउने भएको हो ।
आगामी पुस २० र २१ गते नाडाको साधारण सभा हुँदैछ । सभाले आगामी कार्यलकालको लागि नेतृत्व चयन गर्दैछ । तर, सभा अघि नै सहमतिको आधारमा नेतृत्व चयन गर्न लागिएको हो ।
यति बेला नाडाको नेतृत्वका लागि सिजी होल्डिङ्सका करण चौधरी र जिओ अटोबालइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छ मैदानमा छन् । चौधरी र गोल्छाबाट नै सहमतिको आधारमा नेतृत्व चयन हुने नाडाका महासचिव सुरेन्द्र उप्रेतिले बताए । उनले भने,‘नाडाको आगामी अध्यक्षका लागि सहमतिको आधारमा हुने भएको छ । यति बेलामा सहमतिबाट नै नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छौं ।’
अब करिब १ घण्टामै सहमतिबाट नाडाले नयाँ नेतृत्व पाउने महासचिव उप्रेतिको भनाई छ । ‘आगामी कार्यकालका लागि सहमतिमै अध्यक्ष चुनिँदै छ । यतिबेला छलफल, बैठक जारी छ । करिब १ घण्टामा सहमतिबाटै नेतृत्व चयन हुन्छ’ उप्रेतिले भने ।