एक करोड ८७ लाख पर्ने निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । निसानले नेपालमा नयाँ, चौंथो जेनेरेसनको ‘एक्स–ट्रेल’ सार्वजनिक गरेको छ । सन् २००१ मा ‘एक्स–ट्रेल’ को उदय पछि, विश्वभर ७ मिलियन भन्दा बढी बिक्री भएका ‘एक्स–ट्रेल’ गाडी नेपालमा समेत सार्वजनिक भएको हो ।
निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले सार्वजनिक ‘एक्स–ट्रेल’ भएको नेपाली रकम १ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक मूल्यमा सुरु भएको बताए । निसान ‘एक्स–ट्रेल’ले नवीनतम मोबिलिटि सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिएको छ ।
निर्देशक सारडाले नेपालमा नयाँ ‘एक्स–ट्रेल’ ई–पावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘एक्स–ट्रेल’ इ–पावर ठूलो, आरामदायी, र बहुपयोगी शुभ चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो । ‘एक्स–ट्रेल’ इ–पावर नविनतम मोबिलिटि सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो ।“
रघुनाथ नैर, निर्यात प्रमुख–सीबीयू र दक्षिण एसिया व्यापारले भने, “निसानको ई–पावर टेक्नोलोजीलाई हाम्रा ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका छन् । हामी नेपालमा यो प्रभावकारी, इभि जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम हुन पाउँदा उत्साहित छौं। हामीले सँधै महसुस गरेका छौं कि ई–पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ सकिन्छ । दक्षिण एसियाको एक महत्वपूर्ण क्षेत्र, नेपालमा एक्स–ट्रायल e-4ORCE को सुरुवात सँगै, हामी हाम्रा नेपालका ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुसी छौं ।“
यस नयाँ संस्करणको लागि, निसानले ‘एक्स–ट्रेल’ को अघिल्लो तीन जेनेरेसनहरूमा झै बलियो संरचना, सहज प्रविधिसहितको शुभ डिजाइन, लचिलो उपयोगिता, र अल–ह्विल–ड्राइभ क्षमतासहितको पावरट्रेनलगायत सुविधा रहेको छ। परिवार वा साथीहरूसँगको लागि एक विकल्प प्रदान गर्दै नयाँ ‘एक्स–ट्रेल’ इ–पावरसात–सिटर कन्फिगरेसनमा उपलब्ध छ ।
पायोनियर मोटो कर्ष प्रा. लिमिटेड नेपालका लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१७ मा आफ्नो सञ्चालन सुरु गरेको कम्पनीले जापान, थाइल्याण्ड र भारतमा निसानको प्लान्टबाट सवारी साधन आयात गर्दछ। कम्पनीको नेपालभर १७ वटा विक्री केन्द्रहरू रहेका छन् ।