चार्जमा राखिएको एमजीको कार जलेर नष्ट, तर किन राखियो यो घटना गुपचुप ?
काठमाडौं । मोरिस ग्यालेज अर्थात् एमजी मोटर्सको विद्युतीय कार चार्जिङको क्रममा जलेर नष्ट हुँदा पनि उक्त घटना गुपचुप राखिएको पाइएको छ । उक्त कम्पनीको कार ‘जेडएस इभी’ मा यही पुस ९ गते राती आगलागी भएको थियो । बागमती प्रदेश–०१, ०२७ च १५८१ नम्बरको कार खाली चौरमा पार्किङमा राखिएको अवस्थामा आगलागी भएको हो ।
प्रहरीका अनुसार राती १ बजे आगलागी भए पनि त्यसको दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको प्रहरीको मुचुल्कामा पाइएको छ । सवारी धनि गोरखाका सुदीप लामिछानेले उक्त घटनाबारे कम्पनीसँग कुराकानी भइरहेको र अरु कसैलाई पनि यसबारे जानकारी नदिइएको बताएका छन् । नेपालमा एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले यस घटनाबारे अनविज्ञता दर्शाएर पञ्छिन खोजेको छ ।
यससम्बन्धि समाचार टेकपानाले सार्वजनिक गरेको छ ।