दराजसंगको सहकार्यमा भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर « Arthapath.com
२२ पुष २०८०, आईतवार

दराजसंगको सहकार्यमा भिभो स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफर



काठमाडौँ । नव वर्ष सन् २०२४ को अवसरमा प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले एक अग्रणी अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो घोषणाले नेपाली उपभोक्ताहरूको स्मार्टफोन खरिदको अनुभवलाई पुनः परिभाषित हुने विश्वास गरिएको छ । यस सहकार्यमार्फत भिभोले उच्च स्तरीय उत्पादनहरू प्रदान गर्ने तथा नेपालभरका प्राविधिक उत्साहीहरूमाँझ पुग्ने आफ्नो प्रतिबद्धतालाई झल्काएको छ । नवीनता र अनलाइन किनमेल सुविधाको यो उत्कृष्ट फ्यूजनमा के कस्ता अफरहरु रहेछन् आउनुहोस हेरौं । यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन्।

यस अफरमा धेरै स्मार्टफोनहरु समावेश गरिएका छन् जसमध्ये १३ हजार ५९९ रुपैयाँ शुरुवाती मुल्य रहेको भिभो वाई१एस (२+३२ जीवी) ९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ । त्यस्तै २३ हजार ९९९ रुपैयाँ शुरुवाती मुल्य रहेको भिभो वाई२०एस (४+१२८ जीवी), १४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । २५ हजार ४९९ रुपैयाँ शुरुवाती मुल्य रहेको वाई२२एस (६+१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य १७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीवी) हाल ३१ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस स्मार्टफोनको शुरुवाती मुल्य ३९ हजार ९९९ रुपैयाँ रहेको थियो । त्यसैगरी, ५२हजार ९९९ रुपैयाँ शुरुवाती मुल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीवी), हाल निकै सुलभ मुल्य ४१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।

यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरु ल्याएको छ । ग्राहकहरुले १५ हजार रुपैयाँ मुल्य भन्दा कमको स्मार्टफोन मोडेलहरुको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ मुल्य दायराको स्मार्टफान खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्नेछन् । त्यस्तै निकै आकर्षक पुरस्कारहरू प्रदान गर्दै, २० हजार रुपैयाँ देखि र रु ३५ हजार रुपैयाँबीचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरुले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५,००० भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् । दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भाउचरहरू उपलब्ध गराएर समग्र स्मार्टफोन खरिदमा अझ आकर्षण थपेको छ ।

भिभो र दराजको साझेदारीले ग्राहकको समग्र अनुभवलाई वृद्धि गर्दै विशेष उपहार र भाउचरहरू सहित स्मार्टफोन खरिदमा आकर्षक अफरहरु उपलब्ध गराएका छन् । जनवारी ५ तारिखदेखि ११ तारिखसम्म सिमित समयका लागि धेरै स्मार्टफोन मोडेलहरूमा आकर्षक उपहार र इन्सेन्टीभहरु उपलब्ध छन् जुन छुटाउन नहुने अवसर हो ।


प्रतिक्रिया दिनुहोस्