अटो व्यवसायमा साम्राज्य बनाउँदै चौधरी ग्रुप, ज्योतिसँग खोस्यो हिरो मोटरसाइकल « Arthapath.com
८ माघ २०८०, सोमबार

अटो व्यवसायमा साम्राज्य बनाउँदै चौधरी ग्रुप, ज्योतिसँग खोस्यो हिरो मोटरसाइकल



काठमाडौं । हिरो ब्रान्डको मोटरसाइकालको आधिकारिक बिक्रेता ज्योति समूहबाट खोसिएको छ । ठुलो व्यवसायिक घराना चौधरी समूहले हिरोको आधिकारिक बिक्रेता ज्याति समूहबाट आफ्नो हातमा लिएको हो । तीन दशक लामो समयदेखि ज्योतिले भारतीय अटोमोबाइल ब्रान्डको हिरोको नेपालमा बिक्री बितरण गर्दै आएको थियो ।

हिरो मोटोकर्पको विश्वमा १६० भन्दा धेरै कम्पनी १२३ बढी ब्रान्डको व्यवसाय संचालन गर्दै आएको छ । यसको मुख्य बजार नेपाल नै हो । जुन हालै मात्र चौधरी ग्रुपसँग जोडिएको छ । हिरोले नेपालका लागि आधिकारि बिक्रेताको रुपमा सिजी ग्रुपलाई नियुक्त गरेको हो । अब सिजी सूमहले हिरोको दुई पांग्रे उत्पादनको बिक्री तथा वितरण पनि गर्ने छ । नेपालमा हिरोका सुपर स्प्लेन्डर, एक्सपल्स २०० जस्तो बाइक निकै नै रुचाइएको छन्, जुन १० वर्षअघि मात्र नेपाल भित्रिएका थिए ।

हिरोको आधिकारिक बिक्रेतामा नियुक्ति भएसँगै चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले खुशी व्यक्त गरेका छन् । उक्त सहकार्यले बजारमा विस्तार तथा हिरोको नयाँ उत्पादनको प्रवद्र्धनमा ठुलो महत्व राख्ने चौधरीले बताए । आफूसँग स्थानीय बजारको राम्रो ज्ञान र अनुभव भएकाले पनि आगामी दिनमा बजार हिस्सा अझै बढ्दै जाने दावी गरे । उनले भने,‘हिरो मोटोकर्पको अटो बजारमा पुन: प्रवेश र हिरोसँगको सहकार्यले बजार हिस्सा बढाउने नै छ । हामी निकट भविष्यमै हिरोको एसेम्बल प्लान्ट पनि स्थापना गर्नेछौं । सहकार्यले हिरोको नेपाली बजारमा रहेको उपस्थितिलाई थप मजबुत बनाउनेछ ।’

सीजी मोटोकर्पसँगको सहकार्यले नेपालमा हिरोका उत्पादनहरुको रिब्राण्डिङसहित बजार हिस्सा हिरो मोटोकर्पका ग्लोबल बिजनेश हेड सञ्जय भानले बताए । चौधरी समूहसँगको सहकार्यबाट उत्साहित भएका उनको भनाई छ । चौधरी समुहको अनुभव, बजारिकरणको नेटवर्कले हिरोलाई नेपालमा थप शसक्त बनाउने उनको विश्वास छ । उनले भने, ‘नेपाल हाम्रा लागि सधै महत्वपूर्ण बजारका रुपमा रहँदै आएको छ, अब पनि नयाँ नयाँ प्रडक्टहरु बजारमा उपलब्ध गराउनेछौं । यो सहकार्यलाई अझ बलियो र सशक्त बनाउँदै लगिनेछ ।’

हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा एसेम्बलिङका लागि पूर्वाधार बनाउने उल्लेख गरेका छन् । उक्त सहकार्यले मुलुकमा नयाँ लगानी भित्रने र रोजगारीको समेत अवसर सृजना हुने कम्पनीले जनाएको छ कम्पनीहरुका अनुसार नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने भएका हुन् । उद्योग वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ, जुन आगामी मार्चबाटै सञ्चालनमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्