नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरु विच छलफल « Arthapath.com
१४ माघ २०८०, आईतवार

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरु विच छलफल



काठमाडौं । नाडाको सचिवालय टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरु विच छलफल भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको सो छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठ्यक्रम बनाई कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरियो ।

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सह–कोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्