भारी नगद छुटमा किन्ने होइन त जिडब्लुएमका गाडीहरु ? यस्ता छन् नयाँ वर्षको विशेष अफरहरु « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

भारी नगद छुटमा किन्ने होइन त जिडब्लुएमका गाडीहरु ? यस्ता छन् नयाँ वर्षको विशेष अफरहरु



काठमाडौं । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ ।

योजना अन्तर्गत जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ ।

जि.डब्लु.एमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले विभिन्न लाभहरू पाउन सक्नेछन् । ओरा ०३ ईभीमा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउन सकिने कम्पनीले जनएको छ ।

हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् ।

ओरा ०३ इभीः ५ लाखसम्मको फाइदा

नयाँ वर्षमा ईलेक्ट्रिक गाडी उत्साहीहरुले जिडब्लुएमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदा पाउन सक्नेछन् । फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क ७ किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्षसम्म १ लाख ५० हजार किमी वारेन्टी लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।

हाभल एच सिक्स, र जोलायन ८.५ लाखसम्मको फाइदा

हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन् । साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

पावरः १० लाखसम्मको फाइदा

जिडब्लुएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख रुपैयाँ सम्मको फाइदाहरू लिन सकिनेछ ।

इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस्