कजरिया टाईल्सको नेपालमा पहिलो ’एक्सपेरियन्स सेन्टर’ « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

कजरिया टाईल्सको नेपालमा पहिलो ’एक्सपेरियन्स सेन्टर’



काठमाडौं । कजरिया टाईल्सको नेपालमा पहिलो ’एक्सपेरियन्स सेन्टर’ को भव्य उद्घाटन गरिएको छ ।

३५ वर्ष लामो विरासतका साथ भारतको नम्बर १ टाइल कम्पनीको रूपमा प्रख्यात कजरिया टाईल्सले काठमाडौंमा आफ्नो पहिलो ’एक्सपेरियन्स सेन्टर’को भव्य उद्घाटन गरेको हो । योसँगै कजरियाल टाइल्सको नेपाली बजारमा प्रवेश भएको छ।

शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज र २० भन्दा बढी ’लाइफ कप अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।

जारिया टाईल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ’अत्याधुनिक प्रविधि’ प्रयोग गर्दै, कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरू उत्पादन गर्दछ । यसबाहेक, कजारिया टाईल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरण–मैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको छ । उच्च स्तरका उत्पादनहरू वितरण गर्दा वातावरणीय प्रभावलाई कम गर्ने प्रयास गर्दछ, प्रत्येक टाइलले खाली ठाउँमा सुन्दरता मात्र थप्दैन तर कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउँने कम्पनीले जनाएको छ ।

यसैबीच, कजरिया रमेश टाईल्स, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

निर्माण तीव्र गतिमा अघि बढ्दै गर्दा कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्दै छ । यो रणनीतिक कदमले कजरिया रमेश टाईल्सले नेपालको टाइल र सिरेमिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै, कजरिया रमेश टाईल्सले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्दै नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्