विद्युतीय सवारीमा बढ्यो कर, अब कुन गाडीमा कति ? « Arthapath.com
२५ असार २०८२, बुधबार

विद्युतीय सवारीमा बढ्यो कर, अब कुन गाडीमा कति ?



काठमाडौं । विद्युतीय सवारीको कर हेरफेर भएको छ । सरकारले गाडीमा कर बढाएको हो । गाडीको क्षमताका आधारमा फरक फरक कर वृद्धि गरेको छ ।

५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लगाएका छन्। हाल ५० किलोवाट क्षमताको गाडीको भन्सार १० प्रतिशत थियो भने अन्तशुल्क थिएन ।

यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीमा अहिले १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क थियो । तर, यसलाई बढाएर २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लगाइएको छ ।

यस्ता १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका गाडीमा भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशतबाट बढाएर क्रमशः ३० प्रतिशत र २० प्रतिशत पुयाईएको छ ।

यता, २०१ किलोवाटदेखि ३०० सम्ममा गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तशुल्क लगाइएको छ भने ३०१ माथिका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क लगाइएको छ।


प्रतिक्रिया दिनुहोस्