अर्क्स ग्रुपले नेपाली बजारमा ल्यायो गोल्डेन ड्रायागन ब्रान्डका इलेक्ट्रिक भ्यानहरु « Arthapath.com
२४ असार २०८२, मंगलबार

अर्क्स ग्रुपले नेपाली बजारमा ल्यायो गोल्डेन ड्रायागन ब्रान्डका इलेक्ट्रिक भ्यानहरु



काठमाडौं । गोल्डेन ड्रायागनको १४ सिट क्षमता भएको विद्युतीय भ्यान नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता अर्क्स ग्रुपले चीनर्कै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीको उक्त भ्यान नेपाली बजारमा ल्याएको हो ।

भ्यानमा विश्वको सबैभन्दा ठलो इभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाटको पिक पावरको मोटर जडान गरिएको छ । यसको नेपाली बजारमा ५७ लाख रुपैयाँ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

गोल्डेन ड्रायागनका भ्यानहरु हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भईरहेको कम्पनीले जनाएको छ। उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धता सहित यो भ्यानहरु उपलब्ध रहेको जनाएको छ ।

यस्तै अब छिट्टै नै गोल्डेन ड्रायागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने जनाएको छ । कम्पनीका अनुसार यसका लागि आवश्यक प्रक्रिया सुरु भइसेको छ। उक्त माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।

यी भ्यानहरु ला तथा छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेटभ कार्यालय लगायतका विभिन्न क्षेत्रका लािग अत्यन्तै उपयोगी हुनेछ । यसका साथै व्यवहारिक पनि हुने कम्पनीको विश्वास छ । विद्युतीय माध्यमबाट संचालन हुने भएकाले पर्यावरणमैत्री नभई संचालन खर्चमा पनि कमी ल्याउने कम्पनीको दाबी छ।


प्रतिक्रिया दिनुहोस्