नाडा अटो शोमा सार्वजनिक भयो ‘टाटा पञ्च इभि’को तीन भेरियण्ट, कुनको कति तोकियो मूल्य ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

नाडा अटो शोमा सार्वजनिक भयो ‘टाटा पञ्च इभि’को तीन भेरियण्ट, कुनको कति तोकियो मूल्य ?



काठमाडौं । ‘टाटा पञ्च इभि’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोर्टर्सको आधिकारिक वितरण सिप्रदी टेडिङ्गले ‘नाडा अटो शो २०२४’ को अवसर पारेर पञ्च इभि सार्वजनिक गरेको हो ।

मंगलबारदेखि राजधानीमा सवारी साधानहरुको कुम्भ मेला अर्थात् नाडा अटो शो सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजना गरेको उक्त शो भदौ १६ गतेसम्म संचालन हुनेछ।

टाटा पञ्च इभि नेपाली बजारमा तीन वटा भेरियण्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। पन्च ईभी इमपावर्ड प्लस एस एमआर, पन्च ईभी इमपावर्ड एलआर र पन्च ईभी इमपावर्ड प्लस एसएलआर गरि तीन वटा भेरियण्टमा उपलब्ध हुने छ । उक्त इभिहरुको मूल्य पनि सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीले नाडा अटो शोमा टाटा पञ्च इभी बुक गर्दा वारेन्टी अवधिमा पूर्ण रुपमा निशुल्क सर्भिस दिने घोषणा समेत गरेको ।
यस्तै, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार निर्धारण गरिएको कम्पनी जनाएको छ।

पन्च इभि गाडीमा २५ किलोवाट र ३५ किलोवाट आवरमा दुई ब्याट्री उपलब्ध छन् । कम्पनीका अनुसार २५ किलोवाट आवरको ब्याट्री भएको टाटा पन्च इभिमा ६० किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्दछ । पन्च इभिले सिंगल चार्जमा एमआरले ३१५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ भने एलआरले ४२१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएमको छ ।

कम्पनीका अनुसार एभरआर भेरिन्यटलाई ७.२ किलोवाटको चार्जर मार्फत साढे तीन घण्टामै फुल चार्ज गर्न सकिने छ । यस्तै, अलआरलाई भने साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फास्ट चार्जर (५० किलोवाट) ले भने करिब ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट मात्रै लाग्ने कम्पनीको दावी छ ।

यो गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्टुमेन्ट कलस्टर दिइएको छ भने वायरलेस फोन चार्जर र ३६० डिग्रीको क्यामेरा समेत दिइएको छ। गाडीमा स्वचालित क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, छवटा एयरब्याग, ब्लाइन्ड स्पट मनिटर जडान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्