‘नाडा अटो शो’मा कामाको मिनी पिकअप ट्रक, मूल्य कति ?

काठमाडौं । मेगा मोटर्सअन्तर्गत मेगा बिजनेस ग्रुपले नाडा अटो शोमा विद्युतीय ट्रक प्रदर्शनीमा राखेको छ । कम्पनीले चाइनिज कम्पनी शानडोङ कामा अटोमोबाइल्स म्यानुफ्याक्चरिङ कम्पनीद्वारा उत्पादित ‘कामा’ ब्रान्डको पिकअप ट्रक प्रदर्शनीमा राखेको छ । उक्त विद्युतीय पिकअप ट्रक कम्पनीले एक महिनाअघि मात्र नेपाल भित्र्याएको थियो ।
नाडा अटो शो नै विद्युतीय सवारीमय बनिरहेको बेला कम्पनीले पनि विद्युतीय ट्रकलाई प्रदर्शनीमा राखेको हो । एलसीभी ईभी सेगमेन्टमा उपलब्ध सो पिकअप सहरी क्षेत्रमा सामान ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसमा ७० किलोवाटको मोटर र १९० एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको छ । यसले करिव २७० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
ब्याट्रीमा ५ वर्ष वा २० लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस्ता छन् विशेषता
- १० फिट लामो र ५.५ फिट चौडाई भएको कार्गो स्पेश पाउन सकिन्छ । जसले ठूला वस्तुहरू सजिलैसँग बोक्न सक्ने सुनिश्चितता प्रदान गर्दछ । यसले अधिकतम उपयोगिता र सुविधा प्रदान गर्दछ ।
- एक पटकको फुल चार्जमा २६० किमीसम्मको रेन्ज दिन्छ । जसले बारम्बार रिचार्ज नगरी टाढा यात्रा गर्न सकिनेछ ।
- -७० किलोवाट मोटरको साथ सहज र कुशल ड्राइभिङ अनुभव लिन सकिनेछ ।
- ब्याट्रीमा वारेन्टी : ५ वर्ष वा १ लाख किमीसम्म
- १.५ टन क्षमताको भारी तथा भारहरू सहजै बोक्न सकिने। जसले सबै ढुवानी आवश्यकताहरूलाई सहजत प्रदान गर्नेछन् ।
- रेजेनेरिटिंग ब्रेकिङ प्रणालीले गतिशील ऊर्जालाई पुनः भण्डारण गरि ऊर्जामा रूपान्तरण गरेर दक्षता बढाउँछ।

कामा ईभी पिकअपको मूल्य २५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । घरायसी प्रयोजनका सामान र औद्योगिक उत्पादन ओसार पसार गर्न मिल्ने कामा मिनी ट्रकमा सहजै पानी, तरकारी, फर्निचर, खाद्यान्न, लताकपडा ओसार पसार गर्न मिल्छ ।