नाडा अटो शो : ग्राहकको रोजाइ बन्यो केइ ब्राण्डका ३ नयाँ मोडेल, मूल्य १९ देखि ४८ लाखसम्म

काठमाडौं । यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारी साधनको बाहुल्यता रह्यो । ६ दिनसम्म चलेको अटो शोमा विद्युतीय सवारी ग्राहकको पहिलो रोजाई बन्यो । फलस्वरूप इन्धनबाट चल्ने सवारी छाडेर विद्युतीय सवारी साधनका स्टलहरूमा अवलोकनकर्ता घुइँचो नै लाग्यो । नाडा अटो शोमा विभिन्न चर्चित ब्राण्डदेखि नयाँ ब्राण्डसम्ममा ग्राहक तथा अवालोनकर्ताको उल्लेख्य सहभागिता रह्यो ।
नाडा अटो शोमा राखिएको मध्ये केई मोटर्सले पनि धेरैको ध्यान खिच्यो ।नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोको पहिलो दिन ३ वटा मोडल सार्वजनिक गर्यो । लक्ष्मी ई मोबिलिटीले ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स ३ प्रो ईभी सार्वजनिक गरेर प्रदर्शनीमा राखेको हो । नाडा अटो शोमा स्टल नं एच-१६ अर्थात् केइ ब्राण्डको प्रदर्शनस्थल सञ्चालन अवधिभर खचाखच नै देखियो । कारण थियो उत्कृष्ट फिचर्ससहितको नयाँ मोडेल र कम्पनीले प्रदान गरेको आकर्षक अफर ।
कम्पनीले नाडा अटो शोमा विशेष अफर सञ्चालन गरेको थियो । जसमा ग्राहकले ७।३ किलोवाटको वाल माउन्टेड चार्जर, १ वर्षको लागि निःशुल्क सवारी बीमादेखि सवारी कर सुविधा पनि प्रदान गरेको थियो । त्यसैगरी ६ वर्षसम्म सर्भिसिङको सुविधासम्म प्रदान गरिएको थियो ।
नाडा अटो शो अवधिभर केइको सवारीमा ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सानो (ई–क्युट ०२) मोडेल ग्राहकको पहिलो रोजाई बन्यो । सानो परिवारको अति उपयोगी तथा पार्किङ स्पेस पनि थोरै भए पनि पुग्ने भएकोले पनि ई–क्युट ०२ ग्राहकको रोजाई बनेको कम्पनीको दाबी छ ।
यी हुन् ग्राहक आकर्षित गर्ने केइका ३ मोडेल
ई–क्युट ०२
ई–क्युट ०२ मोडेल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार र ३०० किलोमिटर भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
ई–क्युट ०४
ई–क्युट ०४ ३०० किलोमिटर रेन्जको मूल्य २४ लाख ९६ हजार छ । यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
इलेक्ट्रिक एसयूभी एक्स ३ प्रो
केइको तेस्रो मोडल एक्स ३ प्रो इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।
यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने र ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४ हजार ४०० मिलिमिटर, चौडाइ १ हजार ८३१ मिलिमिटर र उचाइ १ हजार ६५३ मिलिमिटर रहेको छ ।
५ सिट क्षमताको एसयूभीमा २ हजार ६३२ एमएम लामो ह्विलबेस रहनेछ । कम्पनीका अनुससार यसमा विभिन्न ५ कलर अप्सन रहेको छ । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरू एलईडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेसन क्लस्टर, इन्टेलिजेन्ट स्काइरूफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।
एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । कम्पनीका अनुसार एडासभित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् ।ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ ।