सीजी मोटर्सले फ्यूचर ईभी कार्निभल मार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै
काठमाडौं । सीजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्ने भएको छ ।
विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी मोटर्सको आधिकारिक वितरक फ्युचर मोटर्सले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इभी कार्निभल सुरु गरेको हो ।
कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको कम्पनीले जनाएको छ । कार्निभल बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ र यसमा रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, र सी.जी. के.वाइ.सी. का सवारी साधनहरू प्रदर्शनमा राखिएका छन् ।
नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले विभिन्न ८ वटा ब्रान्डको विद्युतीय सवारी बिक्री वितरण गर्दै आएको छ ।
सीजीले अभतार, रिड्डारा, नेटा, जि.ए.सी, किङ्गलङ्ग, सीजी केवाइसी, दायुन, र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको हो ।
ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एण्ड फिल गर्न पाउनेछन् । साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन, र खाना र पेयपदार्थका स्टलहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ्ग, एक्सचेञ्ज अफरहरू, विशेष डिस्काउण्ट र अन द स्पट भ्यालुएशनको सुविधाहरू प्रदान गरिएको कम्पनीले जनाएको छ ।