कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व ? « Arthapath.com
२५ आश्विन २०८१, शुक्रबार

कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व ?



काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन । 

तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई सहयोग दिने व्यक्तिसमेत थिए । उनले आम्दानीको कराडौं रकम दिनदुःखीको सेबामा लगाएका थिए । त्यसैले रतन टाटाको निधनले सबैलाई दुःख मनाऊ गरिरहेका छन ।

आफ्नो विनम्र जीवनशैली र टाटा ट्रस्टहरू मार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि पनि परिचित उनको निधन पछि उनको उत्तराधिकारी को हुने भन्ने प्रश्न उठिरहेको छ  । झन्डै ६० हजार करोड रुपैयाँको सम्पत्तिका मालिक रतन टाटा जीवनभर अविवाहित नै रहेका थिए । उनको सम्पत्ति र उत्तराधिकारीका बारेमा अहिले भारतीय मिडियामा बहस चलिरहेको छ ।

रतन टाटाको उत्तराधिकारीको बारेमा आजदेखि छलफल सुरु भएको हैन, यी बहसहरु लामो समयदेखि चल्दै आएका छन् । टाटा परिवारमा एन चन्द्रशेखर सन् २०१७ देखि टाटा सन्सका अध्यक्ष छन्। उनीहरू बाहेक टाटा समूहका विभिन्न कम्पनीका धेरै व्यक्तिहरू छन्, जसले भविष्यमा टाटा समूहमा विभिन्न जिम्मेवारीहरू निर्वाह गर्न सक्ने देखिएको छ ।

को बन्ला टाटाको उत्तराधिकारी ?
 
नोएल टाटा 

रतन टाटाका पिता नवल टाटाको दोस्रो विवाह सिमोनसँग भएको थियो । उनका छोरा नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्। यो सम्बन्धले उनलाई रतन टाटाको विरासतको उत्तराधिकारी बनाउँन मधत गर्नेछ। नोएल टाटाका तीन सन्तान छन्, जसमा माया, नेभिल र लेआ छन्। यसकारण रतन टाटाको उत्तराधिकारी यी मध्ये जो पनि हुन सक्छन् ।

माया टाटा 

यीमध्ये माया टाटा ३४ वर्षकी भइन् र टाटा समूहमा निरन्तर प्रगति गरिरहेकी छन् । बेइज बिजनेस स्कूल र वारविक विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेपछि माया टाटाले टाटा अपरच्युनिटीज फण्ड र टाटा डिजिटलमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेकी छिन्। यस समयमा, मायाको रणनीतिक सीप र दूरदर्शिताले टाटा नियो एप सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

नेभिल टाटा 

नेभिल टाटा ३२ वर्षका भइसकेका छन् र आफ्नो पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन व्यस्त छन्।नेभिल टाटाले टोयोटा किर्लोस्कर समूहकी मानसी किर्लोस्करसँग विवाह गरेका छन् र स्टार बजार, ट्रेन्ट लिमिटेडको प्रमुख हाइपरमार्केट चेन प्रमुख छन्। 

लेह टाटा

नोएल टाटाकी जेठी छोरी लिआ टाटा ३९ वर्षकी भइन् । उनले टाटा समूहको हस्पिटालिटी क्षेत्रमा आफ्नो विशेषज्ञता प्रमाणित गरिरहेकी छिन् । स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लेहले ताज होटल्स रिसोर्ट र प्यालेसमा महत्वपूर्ण योगदान दिएकी छिन् र विगत १० वर्षदेखि होटल उद्योगसँग आबद्ध छिन् । 

माया, नेभिल र लेहलाई टाटा मेडिकल सेन्टर ट्रस्टको ट्रस्टी बनाइएको छ । टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा पहिलो पटक युवालाई समावेश गरिएको छ ।

यो ठूलो प्रश्न उत्तराधिकारसँग सम्बन्धित छ ।

रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्र निर्देशित गरेनन् । सो समूहको परोपकारी पहलहरूसँग पनि घनिष्ठ रूपमा संलग्नसमेत थिए। यस्तो अवस्थामा, उत्तराधिकारीको सन्दर्भमा आधारभूत प्रश्न यो हो कि जो उत्तराधिकारी भए पनि आविष्कार, यसको सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने जिम्मेवारी लिन सक्षम छन् कि छैनन् ? त्यो हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्