फेरि अर्को विद्युतीय कारमा आगलागी, सर्भिस सेण्टरको पार्किङमै धुवाँको मुस्लो « Arthapath.com
२२ असार २०८२, आईतबार

फेरि अर्को विद्युतीय कारमा आगलागी, सर्भिस सेण्टरको पार्किङमै धुवाँको मुस्लो



काठमाडौँ। विद्युतीय कारप्रति मानिसहरुको आकर्षण ह्वात्तै चुलिएका बेला पुनः अर्को दुर्घटना भएको छ । काठमाडौँको सीतापाइलामा रोकेर राखिएको गाडीमा अकस्मात आगो लागेको छ । सेरेस ब्राण्डको सर्भिस सेन्टरमा पार्किङ गरिएको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारमा ‘सट सर्किट’ भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । रोकेर राखिएको कारबाट धुवाँको मुस्लो निस्किएपछि गाडीमा आगलागी भएको थाहा लागेको थियो । यद्यपि, उक्त गाडीमा मानिस नभएका कारण कुनै मानवीय क्षति भने हुन पाएन ।

आगलागी भएको गाडी बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको हो । यसमा भएको समस्याका विषयमा चाँडै कम्पनीले आफ्नो आधिकारीक धारणा बाहिर ल्याउने बताएको छ ।

अहिलेका लागि भने सेरेस कम्पनीका प्राविधिक र केही चिनियाँ मेकानिकबीच गाडीमा देखिएका समस्याका बारेमा अध्ययन र समाधानको कोसिस भइरहेको कम्पनीले जनाएको छ ।

नेपालमात्रै होइन, संसारमै विद्युतीय गाडी नवीन उत्पादन भएका कारण यसमा आउनसक्ने समस्या र जोखिमहरु अहिलेसम्म पनि यकिन भइसकेका छैनन् । त्यसैले गाडी उत्पादकहरुले पनि यस प्रकारका समस्यलाई ‘सिकाइको मौका’का रुपमा हेर्ने गरेको जानकार बताउँछन् ।

त्यसैले समस्याको समाधान त हुन्छ, तर यसरी एक पटक गम्भीर समस्या परिसकेका गाडीमा भविष्यमा पनि त्यस्र्तै जोखिम दोहोरिने वा गाडीको परफरमेन्समा बदलाव आउने जोखिम हुन्छ की हुन्न भन्ने चाहीँ अहिले पनि अन्योल नै छ ।


प्रतिक्रिया दिनुहोस्