सामाखुसी यातायातले सात करोड लगानीमा १५ वटा बस ल्यायो सञ्चालनमा « Arthapath.com
५ कार्तिक २०८१, सोमबार

सामाखुसी यातायातले सात करोड लगानीमा १५ वटा बस ल्यायो सञ्चालनमा



काठमाडौं । सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिले ७ करोड लागतमा सोमबारदेखि थप १५ वटा बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरेका हुन् ।

प्रालिले विसं २०५७ मा काठमाडौं उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आइरहेको छ । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताए।

नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको छ ।

सो यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको छ । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्