नेटा एक्स बन्यो थाईल्यान्डमा सर्वाधिक बिक्री हुने इभि

काठमाडौं । नेटा एक्स सर्वाधिक बिक्री हुने एसयूभि बनेको छ । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्रि हुने एस युभि बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।
थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्रि भएका एसयुभिहरुमा सबैभन्दा बढि बिक्रि भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको बताएको छ ।
थााईल्यान्डको अटो मोबाईलले क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्रि तथ्याङलाई आधार मानिएको छ ।
थाईल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्रि वितरण हुदै आईर्हेकाछन् । चिनिया ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजि मोटर्स रहेको छ भने नेपालमा नेटा भि तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरु उपलब्ध रहेका छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ ।
सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित, नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ । यी विशेषताहरू नेटा एक्सलाई बहुपरकारी र इकोफ्रेन्ड्ली एसयूभि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन् ।
नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ । केहि दिनअघि बागडोलमा नयाँ सर्भिस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जालगरि सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।