शुक्रबारदेखि एमजी ‘विन्टर कार्निभल’, टेस्ट ड्राइभदेखि लाइभ म्युजिकसम्म « Arthapath.com
३ पुष २०८१, बुधबार

शुक्रबारदेखि एमजी ‘विन्टर कार्निभल’, टेस्ट ड्राइभदेखि लाइभ म्युजिकसम्म



काठमाडौँ । एमजी मोटर्सले यो सालको शीतकालिन महोत्सव (विन्टर कार्निभल) आगामी शुक्रबारदेखि आइतबारसम्म आयोजना गर्ने भएको छ । काठमाडौँ, बालुवाटारका सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्समा यो महोत्सव आयोजना हुने छ ।

यस कार्यक्रममा एमजी, माज्दा, म्याक्सस र वुलिङसहित प्रमुख लक्जरी अटोमोबाइल ब्राण्डहरु सहभागि हुने छन् । कार्यक्रममा उपस्थित मानिसहरुले प्रिमियम वाहनको अनुभव गर्न पाउने छन् । साथै सबैजना समावेश हुनसक्ने सुखद माहोलमा लाइभ मनोरञ्जनको अवसर पनि प्राप्त गर्न सकिने छ ।

उक्त कार्यक्रममा राखिएका विलासी गाडीहरु साट्न चाहनेले १० लाख रुपैयाँसम्मको छुट (एक्सचेञ्ज बोनस) प्राप्त गर्न सक्ने छन् । महोत्सवबाटै गाडी किन्ने सुविधा त छँदै नै छ । त्यसरी तत्काल गाडी किन्नेलाई सुविधाजनक एवम् झण्झटमुक्त वित्तपोषण (फाइनान्सिङ)को सुविधा समेत रहेको आयोजकले जनाएको छ ।

एमजी, माज्दा, म्याक्सस र वुलिङ ब्राण्डका लक्जरी कारहरु चलाउने रोचक अनुभव पनि सहभागिले उठाउन सक्ने छन् । गायन, संगित एवम् नृत्यजस्ता प्रस्तुतीले उत्सवलाई थप रोमाञ्चक माहोलमा ढाल्ने विस्वास गरिएको छ ।

ब्यांकेटमा आयोजना हुने महोत्सवमा सहभागि सबै जनाका लागि स्वादिष्ट व्यञ्जन उपलब्ध हुने छ । विभिन्न प्रकारका स्न्याक्स र फुडहरु उपलब्ध हुने भएको छ । साथै सबै उमेर समूहका मानिसका लागि फेन्ट पेन्टिङ, शुटिङ खेल तथा यस्तै रोमाञ्चकारी गतिविधीको आनन्द लिन पाइने छ ।

यतिमात्रै होइन, बच्चाहरुको मनोरञ्जनका लागि ‘किड्स प्ले जोन’ पनि महोत्सवमा सक्रीय रहने छ ।

यसको अर्को रौनक चाहीँ नेपाल प्रिमियर लिग हो । शनिबार लिगको अन्तिम खेल हुने छ । लक्जरी कारहरुको बीचमा, सांगितिक माहोल र मस्त खानपिनसँग रमाउँदै ‘फाइनल’ खेल हेर्ने मौका जुर्दै छ ।

नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स हो । ‘यही डिसेम्बर २० देखि २२ सम्म सबै जनालाई सिल्भर ओकमा हामीसँगै सहभागि हुन निमन्त्रण गर्दछु ।’ पारामाउन्ट मोटर्सका एक अधिकारीले भने, ‘यो तपाइँको बहानको स्तरोन्नती गर्ने, प्रिमियम मनोरञ्जनको आनन्द लिने र विशेष अफर एवम् फाइनान्सिङ विकल्पहरुको लाभ उठाउने एक असाधारण अवसर हो ।’


प्रतिक्रिया दिनुहोस्