जीएसी मोटर्सले घोषणा गर्यो आकर्षक सुविधासहित एयोन विन्टर एक्स्चेन्ज क्याम्प

काठमाडौं । सीजी मोटर्सद्वारा विक्रित जीएसी मोटर्स नेपालले एयोन विन्टर एक्स्चेन्ज क्याम्पको घोषणा गरेको छ । यो विशेष अफर अन्तर्गत इच्छुक ग्राहकहरुले आफ्नो पुरानो गाडी साटेर नयाँ वातावरणमैत्री एयोन वाई खरिद गर्न सक्नेछन् ।
उक्त अफर आउँदो पुस १५ गतेसम्म लागू हुनेछ । एयोन वाई खरिद गर्ने अनुभवलाई सहज र फाइदाजनक बनाउनका लागि विभिन्न सुविधा उपलब्ध गराएको छ ।
ग्राहकहरूले प्रत्येक सट्टापट्टामा थप ५ लाख रुपैयाँको मूल्यांकन, एक आर्थिक वर्षको लागि निःशुल्क सवारी कर र एक वर्षको लागि निःशुल्क बीमा प्राप्त गर्नेछन । यो अफरले वित्तीय सहायता पनि उपलब्ध गराउँछ, जसले खरिदको प्रक्रियालाई सरल बनाउँछ ।
तत्काल मूल्यांकन सेवा र सोही दिन डेलिभरीको सुविधासहित, एयोन वाई मा अपग्रेड गर्नु अझ सजिलो भएको छ ।
एयोन वाईले नेपालमा सफलतापूर्वक लञ्च पछी ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ ।
अत्याधुनिक डिजाइन र प्रविधिका कारण ५०० किलोमिटर रेन्ज, ६१.४ किलोवाट हावर लिथियम आइरन फस्फेट ब्याट्री, ३६० ड्रिगी एचडी भ्यू क्यामेरा जस्ता प्रभावकारी विशेषताहरू रहेको एयोन वाईले नेपालमा विद्युतीय गाडीहरूको नयाँ स्तर कायम गरेको छ।