इनफिनिक्सले घोषणा गर्यो ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता, तामाङले पाए भेस्पा एलेगान्ते १५० स्कूटर

काठमाडौं । दशैंको रमाइलोलाई थप विशेष बनाउँदै इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता घोषणा गरेको छ।
उक्त अफरको बिजेता काठमाडौँका बिर बहादुर तामाङ बनेका छन् । बिजेता तामाङ्लाई भेस्पा एलेगान्ते १५० स्कूटर हस्तान्तरण गरेको छ ।
एक विशेष कार्यक्रममार्फत तामाङलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । उक्त अफर सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मका लागि तय गरिएको भए पनि नोभेम्बर ३ सम्म विस्तार गरिएको थियो। यसले अझ धेरै मानिसलाई सहभागिता जनाउन र बम्पर पुरस्कार जित्न मौका प्रदान गरेको थियो ।
काठमाडौँमा सम्पन्न यो कार्यक्रम भव्य र उत्साहपूर्ण रहेको कम्पनीले जनाएको छ । परम्परागत दशैंको रौनक र आधुनिक उत्साहको मिश्रणले कार्यक्रममा सहभागी सबैलाई रमाइलो अनुभूति दिलाएको कम्पनीले जनाएको छ ।
इनफिनिक्सको ग्राहकहरूप्रतिको प्रतिबद्धता र सामुदायिक भावना बलियो बनाउन महत्वपूर्ण भुमिका रहेको कम्पनीको दावी छ ।