१३ अर्ब बराबरको साढे ५ हजार इभि नेपाल भित्रिए, कहाँबाट कति आयो ?

काठमाडौं । ६ महिनामा साढे ५ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्ममा १३ अर्ब बढीको इभि आयात भएको हो ।
भन्सार विभागका अनुसार चालु आवको पुस मसान्तसम्ममा १३ अर्ब ९ करोड ९७ लाख ४७ हजार रुपैयाँ बराबरको इभि आयात भएका छन् । सो अवधिमा ५ हजार ४७८ वटा इभी नेपाल भित्रिएका हुन् ।
हाल नेपालमा चीन, भारत, जर्मर्नी, कोरिया र अमेरिकाबाट विभिन्न तौल क्षमका विद्युतीय गाडी आयात हुँदै आएका छन् । विभागका अनुसार मासिक औसत ९१३ वटा इभि नेपालप आउने गरेको छ । पुस महिनामा मात्रै ७८१ वटा इभि आयात भएका छन् ।
यस्तै, मंसिरमा १ हजार २१० वटा गत कात्तिक महिनामा पनि ९६९ वटा, असोजमा ९१६ वटा, भदौमा १ हजार २२१ वटा र गत साउन महिनामा ३८१ वटा इभि आयात भएका थिए ।
नेपालमा सबैभन्दा धेरै इभि चीनबाट आयात हुने गरेको छ । ६ महिनाको अवधिमा चीनबाट ४ हजार २०३ वटा इभि नेपाल भित्रिएको छ । यो कुल इभि आयातको ७६.७२ प्रतिशत हुन आउँछ । समिक्षा अवधिमा चीनबाट १० अर्ब ६३ करोड ९५ लाख ५५ हजार रुपैयाँ बरारबको इभि आयात भएका छन् ।
यस्तै, भारतबाट पनि २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बराबरको १ हजार २५० वटा इभि आयात भएको छ । यता, जर्मनीबाट १९ वटा वटा, अमेरिकाबाट ४ वटा र कोरियाबाट २ वटा इभि आयात भएका छन् ।