सीजीले औपचारिक रुपमा सार्वजनिक गर्यो ‘आयन भी’, दुई भेरियण्टको मूल्य कति ? यस्ता छन् फिचरहरु

काठमाडौं । सीजी मोटर्सले ‘आयन भी’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नेपालको विद्युतीय सवारी साधनको प्रमुख वितरक सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको भव्य रुपमा सार्वजनिक गरेको हो ।
नेपालमा यातायातको बढ्दो मागलाई पूरा गर्दै सीजी मोटर्सको उच्च प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनहरूको पोर्टफोलियो विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान दिएको छ । आयनको नेपालमा सवारी साधनहरूको श्रृंखलामा नयाँ नाम थपेको छ । आयनले चीनमा गुणस्तरको हिसाबले नम्बार वान् ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ ।
उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ ।
दुई भेरियन्टमा उपलब्ध आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्ने सीजी मोटर्सले जनाएको छ। कम्पनीका अनुसार एलीट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ । जुन, ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ । जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन दिने कम्पनीको दावी छ ।
लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्दछ, जसमा यस सेग्मेन्टको सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्री समावेश छ ।
लक्जरी भेरियन्टमा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को–ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इन–बिल्ट फ्रिज समावेश गरिएको कम्पनीले जनाएको छ । यसले लामो यात्रामा आराम सुनिश्चित गर्दछ ।
दुवै भेरियन्टले असाधारण प्रदर्शन मात्र नभई, उच्च सुरक्षा सुविधाहरू पनि प्रदान गर्दछ । यसमा १५ विभिन्न स्मार्ट ड्राइभिङ् फङ्क्शन, म्यागजिन ब्याट्री, ७ एयरब्यागहरू, र फराकिलो तथा आरामदायी इन्टेरियर समावेश छ ।
यो एसयूभीले ५–स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ, जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्दछ। साथसाथै, स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्षमता बढाउन इनडसट्रि–अग्रणी हीट पम्प, र ड्राइभर तथा अगाडिको यात्रुको लागि हिटेड र भेन्टिलेटेड सिटजस्ता सुविधाहरूले थप उचाइमा पु¥याउँदै यसलाई यसको वर्गमा एक विशेष विकल्प बनाएको छ।
‘आयन भी’ को मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार रुपैयाँ राखेको छ । लक्जरी भर्जनको भने ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।