एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना « Arthapath.com
९ माघ २०८१, बुधबार

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना



काठमाडौं । जनवरी २०, २०२५ एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको छ।

यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने छ। यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८०% सम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्। यस योजनामा माउन्टेन ईभीको लागि ९ लाख ९९ हजार रुपैयाँ र टीएमवानको लागि ५ लाख ९९ हजारसम्मको डाउनपेमेन्ट पनि समावेश छ । जसले विद्युतीय सवारी साधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ।

यसका साथै, ग्राहकहरूले आर्थिकव र्ष २०८१/८२ को लागि एक वर्षको नि:शुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन्। घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि नि:शुल्क पाउने छन्।

यसमाथि अझै मूल्य थप्न यो योजनाले नि:शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप-अप बेस्ट भ्यालुएसन बोनस पनि समेट्छ।

यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ। यो सीमित-समयको अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुनेछ ।

त्यसैले ग्राहकहरूलाई थप जानकारी र यो रोमाञ्चक अवसरको फाइदा लिन आफ्नो नजिकको एमएडब्लू वृद्धिको डिलरमा सम्पर्क गर्न प्रोत्साहित गरिन्छ।


प्रतिक्रिया दिनुहोस्