रोयल इनफिल्ड महा-राइड : नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ ।
रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भएको हो ।
रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए ।
यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् ।
साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए। नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए । त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे ।
यात्राले न केवल मोटरसाइकल पर्यटनलाई प्रवद्र्धन गर्यो, बरु स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गरेको छ । यात्राको थप आकर्षण थियो रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरीयो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्द लाई सम्मान प्रदान गरिएको थियो ।
महा–राइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरीएको छ । रोयल इनफिल्डका उत्साही राइडरहरू आगामी यात्राहरूमा अझ उत्साहित हुँदै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।