टाटाको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी जनकपुरमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोवाइलमा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा सफारी लन्च गरिएको हो ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख अतिथित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग जनकपुरमा टाटाका नयाँगाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए।
अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्ममा रोज्न पाउने उनले बताए। एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्नेछन्। अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ इभि रोज्न सक्नेछन् ।
प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ इभि टप भेरिएन्ट लिन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, गिरिजा अटोमोवाइलस् का प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको आवश्यकता थियो र आज कर्भ इभि र नेक्सन के३ इभिले त्यो पुरा गरेको बताए।
जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च वीरगन्जमा हुन लागेको छ ।