आधुनिक ईभीहरूमा सुरक्षा: एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन् ?

काठमाडौं । जीएसी विश्वभर उच्च गुणस्तरको सवारीसाधन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ । यो विश्वको तेस्रो ठूलो ईभी निर्माता पनि हो ।
यसको गुणस्तरको प्रमाणका रूपमा, टायोटा र होन्डाले चीन बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरू जीएसी मार्फत निर्माण गरीरहेको छ ।
हालै, टायोटाले आफ्नो नयाँ विद्युतीय एसयूभी, बिजेट३एक्स सार्वजनिक गरेको छ, जुन पूर्ण रूपमा जीएसीद्वारा निर्मित हो ।
एयरब्यागको सक्रियता सवारीसाधनको महत्त्वपूर्ण सुरक्षात्मक प्रणाली हो, जसले दुर्घटनाको समयमा यात्रुहरूको सुरक्षा प्रदान गर्छ। एयरब्यागको सक्रियता विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तै सवारीको गति, टक्करको कोण, बाधा प्रकार, र दुर्घटनाको गम्भीरता ।
सवारीसाधनको मापदण्ड अनुसार, एयरब्यागहरू मुख्य रूपमा मध्यम देखि गम्भीर स्तरका अगाडि हुने टक्करहरूमा मात्र सक्रिय गरिन्छन्, जहाँ यात्रुहरूको सुरक्षा आवश्यक हुन्छ ।
केही विशेष अवस्थामा, जस्तैः संकुचित वस्तुहरू (जस्तै पोल वा रूख) संग ठक्कर, पछाडिबाट ठक्कर, गाडी पल्टिने घटनाहरू, वा सानो स्तरका टक्करहरूमा, सवारीसाधनका सेन्सरहरूले एयरब्यागको सक्रियता आवश्यक नरहेको ठान्न सक्छन्। यसले अनावश्यक रूपमा एयरब्यागहरू नखुल्ने सुनिश्चित गर्दछ, जसले यात्रुहरूलाई अनावश्यक जोखिमबाट जोगाउँछ ।
जीएसी समूहले विश्वव्यापी सुरक्षासँग सम्बन्धित मापदण्डहरू तथा प्रमाणपत्रहरू प्राप्त गरेको छ र यसले उच्च स्थरको सुरक्षा प्रविधिहरू प्रयोग गर्दछ। कम्पनी सधैं नवीनतम सुरक्षा प्रणालीहरू विकास गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिबद्ध छ ।
जीएसीले आफ्ना ग्राहकहरूलाई सवारीसाधनको म्यानुअल हेर्न तथा एयरब्यागको कार्यक्षमता र अन्य सुरक्षा विशेषताहरूबारे विस्तृत जानकारीको लागि अधिकारिक सेवा केन्द्रहरूमा सम्पर्क गर्न सकिनेछ ।