टाटाको नयाँ इभिहरु नेपालगंजमा लन्च, आजैदेखि टेस्ट ड्राइभ पनि गर्न सकिने « Arthapath.com
६ चैत्र २०८१, बुधबार

टाटाको नयाँ इभिहरु नेपालगंजमा लन्च, आजैदेखि टेस्ट ड्राइभ पनि गर्न सकिने



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि नेपालगंजमा लन्च गरेको छ ।

नेपालगंजस्थित रुद्रप्रिया इन्टरनेस्नल शोरुमबाट बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा टियागो इभि २०२५ लन्च भएका छन् ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगंज उप–महानगरपालिका मेयर प्रशान्त बिस्ट लगायतको विशेष उपस्थिति रहेको थियो ।

कर्भ.इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपालको बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएको सप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले बताए । प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्ने उनको विश्वास छ ।

उनले भने,‘नेक्सन के३ इभि अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ । टियागो इभि २०२५ मोडेल नंया लुक्स, नंया सुविधाहरू तर पुरानै मूल्यमा आएको छ । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुनेछ ।’

त्यस्तै रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे ।

कार्यक्रममा नयाँ ग्राहकहरुलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो । नेपालगंजका ग्राहकहरुले रुद्रप्रिया इन्टरनेस्नलको शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ इभि, नेक्सन के३ र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नु हुन्छ ।


प्रतिक्रिया दिनुहोस्