जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज बढ्दो

काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स एसयूभी केहि समय आगाडी चीनमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो।
यद्यपि टोयोटाको ब्रान्ड रहेको भए पनि बीजेडथ्रीएक्स विशेष गरी जीएसी आयोन भीमा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर यसको ब्याट्री प्रविधि भने फरक रहेको छ।
फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको: लम्बाइ: ४,६०० मिमि, चौडाइ: १,८५० मिमि, उचाइ: १,६०० मिमि, ह्वीलबेस: २,७६५ मिमि रहेको छ। टोयोटाले दाबी अनुसार, बीजेडथ्रीएक्समा प्रयोग भएका ६५% पार्ट्स जिएसी सप्लायर्सबाट आपूर्ति गरिएको हो। चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जिएसीको संयुक्त परियोजनामा बनेको हो। यस गाडीको बिक्रि सुरु भएलगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्याससमेत भएको जानकारी दिइएको छ।
नेपालको सन्दर्भमा, जिएसी आयोन ब्रान्डको आधिकारिक वितरक सिजी मोटर्स रहेको छ। यस अन्तर्गत आयोन वाई र आयोन भी जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन्। नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले सिजी मोटर्सले आयोन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो।
आयोन भीको विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४ मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५ मिमि, ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ। अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ। लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ।
प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ। सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन्। आयोन भीको सुरुवाती मूल्य रु ६४ लाख ९९ हजारदेखि राखिएको छ।