पूर्वी नेपालमा हुन्डाई क्रेटा इभीको क्रेज, बिर्तामोडमा पनि सार्वजनिक भयो क्रेटा इभी

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्न्टनेन्टल प्रालिले झापाको बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भरपर्दो र गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बिच अत्यन्त लोकप्रिय ब्रान्ड बन्न सफल भएको छ । उत्कृष्ट मूल्य र ग्राहकको सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको सन्दर्भमा सबैभन्दा सफल अटो ब्रान्डहरू मध्ये एक बन्न सफल भएको छ ।
कम्पनीको अनुसार नयाँ क्रेटा इलेक्ट्रिक गाडीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडीप्रति आकर्षण बढाएको छ । साथै इभी गाडीमा बहार ल्याउन ठुलो सहयोग गरेको छ । साथै ग्राहकलाई स्पेयर पार्टस पाइन्छ वा पाइँदैन भन्ने समस्या समाधान भएको छ । स्पेयर्स पार्टसको शुल्क महँगो नहुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ रहँदैन भन्ने चिन्ता नहुने कम्पनीले जनाएको छ ।
हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण पनि सुरु गरिसकेको जनाएको छ । इभी र आइस गाडीमा एउटै प्लटेफर्मको प्रयोग भएकोले समस्या नहुने देखिन्छ । हुन्डाईका ग्राहकहरूले इभी होस वा आइस गाडीको पार्टस समान रूपमा पाउनेछन् ।
यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ । यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक सो रुममा) विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा इभी सार्वजनिक गरिरहेको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरूले हुन्डाईको क्रेटासगँ प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन् ।