‘बोन्डेड सिष्टम र कर छुट बिना नेपालमा सस्तो गाडी असम्भव’, नयाँ बजेटमा नाडाको सुझावहरु के-के ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटिरहेको नेपाल सरकारलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले विभिन्न सुझावहरु पेश गरेको छ ।
नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई औपचारिक रूपमा आफ्ना सुझावहरु पेश गरेको हो ।
मुख्यतः कर प्रणाली सहज बनाउने, सवारीसाधनको भन्सार प्रक्रिया सरल पार्ने, र विद्युतीय सवारी (ईभी) मा लगानी गर्न चाहने व्यवसायीहरूलाई प्रोत्साहन दिने लगायतका धेरै प्रस्ताव अघि सारेको छ ।
नाडाले आगामी बजेट मार्फत चार पांग्रे सवारी साधान आयात गर्दा ‘बोन्डेड सिष्टम’को व्यवस्था माग गरेको छ ।
सवारी साधनको आयात स्वयम्मा धेरै पुँजी चाहिने व्यवसाय भएकाले हालको अवस्थामा खुल्लाबजार नीति अनुरुप बजारलाई प्रतिस्पर्धी बनाई उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपभोग गर्न पाउने व्यवस्था गराउन तथा पैठारीकर्ताहरुको लगानी कम गर्न अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि सवारी साधन आयात गर्दा ‘बोन्डेड सिष्टम’ को व्यवस्था गरिनु पर्ने नाडाले जनाएको छ ।
यस्तै, अनएसेम्बल सवारी साधनको पार्टपुर्जाका लागी ‘बन्डेड सिष्टम’ को ब्यवस्थागरी भन्सार तथा अन्तःशुल्क महसुल उत्पादन पश्चात संकलनको व्यवस्था गर्न नाडाले माग गरेको छ ।
एसेम्वली उद्योगले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न टेवा पुराउछ । यस उद्योगले आद्योगिक सिपको विकास गरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न/नियन्त्रण गर्न समेत मद्दत गर्दछ ।
एसेम्बली उद्योगको स्थापना गर्नु आफैमा ठूलोपूँजी लगानी हुने आयोजना भएकोले सरकारले यस उद्योगलाई विभिन्न सुविधा प्रदानगरी प्रोत्साहन गर्नुपर्ने नाडाले जनाएको छ । त्यसका लागि ‘बन्डेड सिष्टम’ को व्यवस्थागरी भन्सार महसुल उत्पादन पश्चात संकलनको व्यवस्था गरेमा उद्योगहरुलाई सहज हुने नाडाको बुझाई छ ।
नाडाका महासचिव सुरेन्द्र उप्रेतिका अनुसार पुराना सवारी साधनहरुको पत्रुगर नयाँ सवारी साधन लिँदा भन्सार महसुल छुट तथा सुविधाको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
‘पुराना सवारी साधनहरुबाट हुने वातावरणीय समस्या समाधान गर्न र सुरक्षित यातायातलाई निश्चितता दिनका लागि २० वर्ष भन्दा पुराना सवारी तथा ढुवानीका साधनहरु लाई विस्थापित गरिनु पर्ने देखिन्छ । वातावरणीय समस्या समाधान तथा सुरक्षित यातायातका लागि प्रदुषण कम हुने नयाँ सवारी साधनमा जोड दिनुपर्ने हुन्छ । त्यसका लागि त्यस्ता पुराना सवारी साधनहरु पत्रुक्अचबउ गरि नयाँ सवारी साधनहरु लिदा आयातमा लाग्ने भन्सार महसुलमा छुट तथा सुविधाको व्यवस्था गर्नु पर्ने हुन्छ’, अर्थमन्त्री पौडेल समक्ष पेश गरिएको सुझावमा उल्लेख छ ।
एनएसेम्बल सवारी साधनको पार्टपुर्जा आयात र उत्पादनमा भन्सार शुल्क ५० प्रतिशत र अन्तरशुल्क ५० प्रतिशत छुट दिनुपर्ने नाडाको माग छ । हाल यसमा २५ प्रतिशत भन्सार शुल्क छुट दिँदै आएको छ ।
यस्तै, सबै किसिमका एसेम्बलिङ उद्योगले आयात गर्ने अनएसेम्बल बिद्युतिय सवारी साधनहरु (मोटर साइकल, स्कुटर , रिक्सा , कार , जिप, भ्यान) को पार्टपुर्जा पैठारी गर्दा भन्सार महशुलमा ७५ प्रतिशत छुट हुनुपर्ने, इभिमा प्रयोग हुने ब्याट्रीहरुको प्रतिस्थापन गर्न रि–एक्सपर्ट र रि–साइकल गर्ने व्यवस्था हुनुपर्ने माग छ ।
कार, जीप र भ्यानको हार्मोनाइज्ड कोडहरु फरक गर्नुपर्ने माग गरेको छ । विभिन्न हार्मोनाइज्ड कोडमा वर्गिकृत गर्नुपर्ने–कार, जिप र भ्यान भनेर एकिकृत रुपमा भन्सार तथा अन्तशल्ुक दरहरु राखिनु भन्दा छुट्टाछुट्टै रुपमा बर्गिकरणगरी नीजि तथा व्यवसायिक प्रयोजनको अवस्थाहेरी दरहरु कायम गर्दा बैज्ञानिक र व्यावहारिक हुने सुझाव छ ।
Budget-Suggestions-to-Finance-Ministry