टिभीएसको धमाकेदार मेला भोलिदेखिः पुरानो बाइकको ‘बेस्ट डिल’, कम्तीमा ३० हजारको मूल्यांकन, शून्य ब्याजमा फाइनान्स « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

टिभीएसको धमाकेदार मेला भोलिदेखिः पुरानो बाइकको ‘बेस्ट डिल’, कम्तीमा ३० हजारको मूल्यांकन, शून्य ब्याजमा फाइनान्स



काठमाडौं । नेपाली अटो बजारमा ग्राहकमैत्री योजना ल्याउँदै आएको जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । मेला भोलि अर्थात् जेठ ७ देखि सुरु हुँदैछ ।

आगामी जेठ १२ गतेसम्म सञ्चालन मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सहज रूपमा किन्न सक्नेछन् ।

मेला अवधिभर थप नगद छुट, मूल्यांकन लाभ, शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा लगायतका आकर्षक अफर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

मेलाको पूर्वसन्ध्या अर्थात् जेठ ६ गतेसम्म प्रि–बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्न कम्पनीले जनाएको छ । यसले मेलामा सहभागी हुने उत्सुक ग्राहकहरूलाई अझ बढी लाभ दिने कम्पनीको विश्वास छ ।

न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन

मेलामा पुरानो सवारी लिएर आउने ग्राहकले न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन पाउनेछन् । साथै, ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिता रहनेछ, ग्राहकले आफ्नो सवारीको सबैभन्दा उपयुक्त मूल्य प्राप्त गर्न सक्ने मौका छ ।

मेला अवधिभर ८ हजार रुपैयाँसम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्यांकन र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा (नियम तथा सर्त लागू) रहेको कम्पनीले जनाएको छ । यस्तै, नयाँ सवारी खरिदमा हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपलब्ध हुनेछन् ।

मनोरञ्जन र अनुभवको संगम

मेला केवल सवारी विनिमय र बिक्रीमा सीमित छैन। आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, रमाइला खेलहरू, सौन्दर्य तथा एसिहल ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानपान र बालबालिकाका लागि विशेष क्षेत्रको समेत अनुभव लिन सक्नेछन् ।

परिवारसहितको रमाइलो वातावरणमा ग्राहक लक्षित यो मेला टिभीएस सवारी अद्यावधिक गर्न चाहनेहरूका लागि एक सुनौलो अवसर समेत बनेको छ । जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारीप्रेमीलाई मेलाको फाइदा उठाउन आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्