आजदेखि भृकुटीमण्डपमा टिभीएस मेला सुरु : फाइनान्स, छुट र रमाइलो सबै एकै ठाउँमा « Arthapath.com
२० असार २०८२, शुक्रबार

आजदेखि भृकुटीमण्डपमा टिभीएस मेला सुरु : फाइनान्स, छुट र रमाइलो सबै एकै ठाउँमा



काठमाडौं । नेपाली अटो बजारमा ग्राहकहरूलाई लक्षित गर्दै जगदम्बा मोटर्सले ’टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

आगामी जेठ १२ गतेसम्म चल्ने मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर सजिलैसँग साटेर नयाँ टिभीएस सवारी खरिद गर्न सक्नेछन् ।

मेलामा सहभागी हुनेहरूका लागि कम्पनीले विभिन्न आकर्षक अफर र योजनाहरू ल्याएको छ, जसमा नगद छुट, मूल्यांकनमा थप लाभ, र शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा समावेश छन् ।

कम्पनीका अनुसार मेलामा पुरानो सवारीको न्यूनतम ३० हजार रुपैयाँ मूल्यांकन, १० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन लाभ, ८ हजार रुपैयाँसम्मको नगद छुट, शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा र नयाँ सवारी खरिदमा हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क पाइने लगायतका अफर छन् ।

मेलाको पूर्वसन्ध्यामा अर्थात् हिजोसम्म प्रि–बुकिङ गरेका ग्राहकहरूले ५ हजार रुपैयाँ बराबरको विशेष उपहार समेत गर्दैछन् ।
जगदम्बा मोटर्सले सवारी अद्यावधिक गर्ने सोचमा रहेका ग्राहकहरूका लागि यो मेला सुनौलो अवसर भएको बताएको छ । कम्पनीले सम्पूर्ण दुईपाङ्ग्रे सवारीप्रेमीहरूलाई मेलामा उपस्थित भई फाइदा उठाउन आग्रह गरेको छ ।

मेलामा आगन्तुकहरूका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको छ । यसमा लाइभ ब्यान्ड प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, रमाइला खेलहरू, सौन्दर्य तथा लाइफस्टाइल ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानपान स्टलहरू र बालबालिकाका लागि विशेष रमाइलो क्षेत्र समावेश छन् ।


प्रतिक्रिया दिनुहोस्