सरकारी परियोजनाबाट हटेर आगामी ५ वर्ष टेस्लाको नेतृत्व गर्ने इलन मस्कको घोषणा « Arthapath.com
२१ असार २०८२, शनिबार

सरकारी परियोजनाबाट हटेर आगामी ५ वर्ष टेस्लाको नेतृत्व गर्ने इलन मस्कको घोषणा



एजेन्सी। एलन मस्कले आगामी ५ वर्ष सिइओका रुपमा टेस्लाको नेतृत्व सम्हाल्ने बताएका छन् । मंगलबार दोहामा आयोजित ब्लूमबर्गको कतार इकोनोमिक फोरममा मस्कले यस्तो बताएका हुन् ।

मस्क अरू कम्पनीहरू जस्तै स्पेसएक्समा पनि व्यस्त छन् भने यस वर्षकाे बढी समय उनले अमेरिकी सरकारकाे परियाेजनामा खर्च गरेका छन् । यसकारण केहि लगानीकर्ताले मस्कले टेस्लालाई पर्याप्त ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यस वर्षको पहिलो तीन महिनामा टेस्लाको बिक्री १३ प्रतिशत घटेको छ, जुन कम्पनीको इतिहासमा सबैभन्दा ठूलो गिरावट हो।

एप्रिलमा मस्कले भनेका थिए कि उनी यस महिनादेखि सरकारी परियोजनाहरूबाट अलग हुनेछन् ताकि टेस्लामा बढी ध्यान दिन सकून्। यस वर्षको सुरुमा टेस्लाको सेयर मूल्य धेरै घटेको थियो, तर अहिले केही सुधार आएको छ।

मस्कले भने ‘टेस्लाको भविष्य स्वचालित प्रविधि र अप्टिमस नामको रोबोट परियोज जस्ता दुईवटा कुरामा निर्भर छ । जुन टेस्लाले बनाइरहेको मानवजस्तो रोबोट हो। यी दुई चीजहरूले कम्पनीको आर्थिक सफलतामा ठूलो भूमिका खेल्नेछन्।’ पाँच वर्षभित्र स्वचालित ट्याक्सीहरू सर्वत्र हुने उनको भनाइ छ।

फोरममा मस्कले आफ्नो ठूलो तलब प्याकेजबारे पनि बोल्दै उत्कृष्ट काम अनुसारको तलब हुनु पर्ने बताए । सन् २०१८ मा डेलावेयरको एक अदालतले ५६ अर्ब डलर बराबरको तलब प्याकेजलाई अस्विकार गरेको थियो ।

यस्कको यस अभिव्यक्तिपछि टेस्लाको सेयर मूल्य ३.६ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्