टाटा गाडीको निःशुल्क सर्भिस र वारेन्टी अवधि एक महिना थप « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

टाटा गाडीको निःशुल्क सर्भिस र वारेन्टी अवधि एक महिना थप



काठमाडौं । सिप्रदी ट्रेडिङ्गले आफ्ना प्यासेन्जर सवारी साधन प्रयोगकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै निःशुल्क सर्भिस र वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टाटाका सबै कारहरूको फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टी ३० जून २०२५ सम्म मान्य हुने जनाएको हो ।

सिप्रदीले गाडी खरिदपछिको सेवा अनुभवलाई अझ सहज र भरपर्दो बनाउने प्रयासस्वरूप यस्तो निर्णय लिएको जनाएको छ ।

टाटा गाडी सम्बन्धी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सेवा आवश्यक परेमा, ग्राहकहरूले सिप्रदीको २४ घण्टा खुला टोल–फ्री सेवा प्रयोग गर्न सक्नेछन् । यस्तै, टाटा कार ग्राहकहरूले ’सिप्रदी एप्स’ मार्फत पनि आफ्ना गाडीको सर्भिस बुकिङ गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्