पल्सर एन १२५ नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालगञ्जमा पल्सर एन १२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन १२५ को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ ।
जेठ ११ गते साँझ ६ः३० बजेदेखि नेपालगञ्ज, बागेश्वरी मन्दिरको पूर्व तर्फ हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नुहुनेछ ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन १२५ हो, जसमा १२४.५८ सिसि एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ केडव्लु पावर र ११ एनएम टर्क उत्पादन गर्दछ । यो १२५ सिसि सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।
हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ‘एन १२५ लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’