टिभीएस स्ट्राइकर १२५ सार्वजनिक हुँदै, के के छ विशेषता ?  « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

टिभीएस स्ट्राइकर १२५ सार्वजनिक हुँदै, के के छ विशेषता ? 



काठमाडौँ । सबैभन्दा प्रतीक्षित टिभीएस स्ट्राइकर १२५ मोटरसाइकलको नयाँ संस्करण सार्वजनिक हुने भएको छ । । 

टिभीएस स्ट्राइकर १२५ बाइक यही जेठ १२ गते आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ मा विशेष रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

नयाँ स्ट्राइकर १२५ मा सुविधाजनक लक की, युएसबी चार्जिङ पोर्ट, नयाँ रेसिङ लाइनिङ, ड्युल स्प्रिङ सस्पेन्सन, डिजिटल स्पिडोमिटर, रोपेटल डिस्क ब्रेक, एलईडी टेल लाइट, र स्टाइलिश ट्याङ्क डिजाइन जस्ता महत्त्वपूर्ण विशेषताहरू समावेश गरिएका छन्, जसले यसलाई अझ आकर्षक बनाएको छ ।

नेपालमा टिभीएस ब्रान्डको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँको प्रसिद्ध स्थान ‘भृकुटीमण्डप’ मा आयोजना गरेको छ । उक्त मेलामा पुराना मोटरसाइकल वा स्कुटरहरूको साटासाट गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सकिने व्यवस्था मिलाइएको छ । यस विशेष अवसरमा विभिन्न आकर्षक अफरहरू र मनोरञ्जनात्मक कार्यक्रमहरूको मजा लिन सकिनेछ ।

मेलाको अवधिभर साटिने सवारीका लागि कम्पनीले न्यूनतम तिस हजार मूल्याङ्कन प्रदान गरेको छ । ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गराएको जगदम्बाले ८,००० सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरू, साथै ०% ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराएको छ । 

नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेलमेट, झोला, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरेको छ ।

मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शित छन् । प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइक्सहरू समावेश छन् । कम्प्युटर सेग्मेन्टमा टिभीएस रेडर, टिभीएस रेडियन, र टिभीएस स्ट्राइकर १२५ रहेको छ । स्कुटर सेग्मेन्टमा लोकप्रिय टिभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा पूर्ण रूपमा विद्युतीय टिभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ । यी मोडेलहरू विभिन्न प्रयोगकर्ता आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन्।

सवारी अद्यावधिक गर्न चाहने, नयाँ टिभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैलाई टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एन्ड फाइनान्स मेलामा सहभागी हुन आमन्त्रित गरेको छ । मेला यही जेठ १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्